त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमै ७२ लाख यात्रु


प्रकाशित मिति : माघ २०, २०७५ आईतबार

सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १९ जना हवाई यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका छन्। यसवर्ष आन्तरिक उडानका २८ लाख ४७ हजार र अन्तर्राष्ट्रियतर्फका ७१ लाख ९१ हजार यात्रुले यो विमानस्थल प्रयोग गरेका हुन्। यो संख्या सन् २०१७ को तुलनामा आठ लाख ५१ हजार ६ सय १४ अर्थात् १३.४३ प्रतिश बढी हो। २०१७ मा नेपाली आकास प्रयोग गर्ने आन्तरिक र वाह्य उडानका यात्रुको संख्या ६३ लाख ३९ हजार दुई सय ३५ रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्नपूर्णलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

२०१८ मा नेपालका नेपाल एयरलाइन्स, हिमालय र बुद्ध एयरसहित नेपाल भित्रिने अन्य २७ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गरेका थिए। गएको एक वर्षमा विभिन्न वायुसेवाका ३३ हजार उडानमार्फत अन्तर्र्राष्ट्रिय वायुसेवाले ४३ लाख यात्रुलाई सेवा दिएका हुन्। यस्तो सेवामा २१ लाख ६८ हजार यात्रु नेपाल विभिन्न मुलुकबाट नेपाल भित्रिएका छन् र २१ लाख ७४ हजार यात्रु बाहिरिएको तथ्यांक छ। नेपाल आउने विदेशी पर्यटक बढेको, विद्यार्थी, कूटनैतिक नियोगका पदाधिकारी, वैदेशिक रोजगारमा जाने र पर्यटक नेपालीको आवागमन बढेकाले पनि बर्सेनि हवाई यात्रु बढिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। उनले भने, ‘पर्यटक आगमन नै करिब १० लाख पुगेको छ।

जति पर्यटक आएका छन् सोही मात्रामा फर्कने पनि गरकाले सन् २०१८ मा करिब २० लाखको हाराहारीमा त पर्यटकले नै हवाई यात्रा गरेका छन्।’ आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा हवाई यात्रु वृद्धि हुँदा विमानस्थमा हुने चाप बढेको छ। सरकारले विमानस्थल सुरक्षामा दिएको ध्यान, उडान व्यवस्थापनलाई मिलाउन सकेको र ग्राहप्रतिको विश्वास बढाउनु तथा सहजताले पनि हवाई यात्रु बढ्दै गएको बुझाइ क्षेत्रीको छ।

उनका अनुसार यात्रु बढेसँगै यसको व्यवस्थापन पनि उचित तवरले भइरहेको छ। यसवर्ष आन्तरिकतर्फका २८ लाख ४७ हजार र अन्तर्राष्ट्रिय उडानका ७१ लाख ९१ हजार यात्रुले यो विमानस्थल प्रयोग गरेका हुन्। अघिल्लो वर्ष १८ घण्टासम्मको विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याएको, आन्तरिक उडानका वायुसेवालाई रात्रि उडानमा प्रोत्साहन गरिएको र अन्तर्र्राष्ट्रिय वायुसेवालाई पनि चाप कम हुने समयमा उडान गर्न प्रोत्साहन भइरहको जानकारी क्षेत्रीले दिए। नेपालमा हाल डेढ दर्जन मुलुकबाट विभिन्न २९ वटा वायुसेवाको नियमित अन्तर्राष्ट्रिय उडान भइरहेको छ। नेपाल एयरलाइन्स अग्र स्थानमा अन्तर्राष्ट्रिय उडानको यात्रु उडानमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अग्रस्थानमा छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निगमका जहाजले सन् २०१८ मा चार लाख ९१ हजार नौ सय ७९ जना यात्रु बोकेर अग्र स्थानमा आएको हो। निगमले वाइडवडी जहाज भिœयाएको र अन्तर्राष्ट्रिय उडानमा यात्रु क्षमता बढी भएको जहाज प्रयोग गरेको तथा उडान तालिका समेत बढेकाले यात्रु पनि बढेको निगमका प्रवक्ता नवराज कोइरालाले जानकारी दिए। निगमले सन् २०१८ मा ३५ सय ३४ उडानबाट दुई लाख २४ हजार यात्रुलाई विमानस्थबाट बाहिर लगेको र दुई लाख ४७ हजारलाई भित्र्याएको तथ्यांकमा उल्लेख छ। यस अघि सन् २०१६ मा पनि अग्र स्थानमा आएको निगम सन् २०१७ मा पछाडि परे पनि फेरि अगाडि आउन सफल भएको छ। हट्दै गएको बजारलाई निगमले नेपालको समग्र हवाई उडानमा वार्षिक रूपमा बढाउँदै ११ प्रतिशतको बजार हिस्सा बनाउन सफल हुनुलाई सकारात्मक मानिएको कोइरालाले बताए।

यात्रु उडानका आधारमा जेट एयरवेजले चार लाख ५० हजार नौ सय ९४ यात्रुलाई सेवा दिएर निगमपछि दोस्रो नम्बरमा छ। यस्तै, कतार एयरवेजले तीन लाख ९९ हजार, फ्लाई दुवइले तीन लाख ७४ हजारलाई सेवा दिएको छ। बढी यात्रु सेवा दिनेमा एयर इन्डियाले दुई लाख ३७ हजार, एयर अरेबियाले दुई लाख ३२ हजार, हिमालय एयरलाइन्सले दुई लाख २४ हजार र कतार एयरवेजले दुई लाख पाँच हजार जनालाई सेवा दिएको छ। जापान उडानको एओसी नेपाल एयरलाइन्सले जापान उडान गर्न नेपाल नागरिक उड्यन प्राधिकरण उडान अनुमति प्रमाणपत्र (एओसी) पाएको छ।

निगमले जापानको ओसाका विमानस्थमा उडान गर्न मागेको अनुमति प्राधिकरणले शुक्रबार दिएको निगमका प्रवक्ता कोइरालाले जानकारी दिए। उनले भने, ‘निगमले भित्र्याएको नयाँ जहाज एयरवसको ए ३३० वाइड बडी जहाजले जापानको ओसाकामा काठमाडौंबाट सीधै उडान गर्ने गरी अनुमति मागेको छ। यो अनुमतिका लागि प्राधिकरणको एओसी आवश्यक छ।’

जापानबाट अनुमति पाए पनि निगमले उडान तालिका सार्वजनिक गर्ने जानकारी पनि कोइरालाले दिए। निगमले आवश्यक प्रक्रिया पूरा गरिसकेकाले अब जापानले पनि १५ दिनभित्रै उडान अनुमति दिने र त्यसपछि जापान उडानको तालिका सार्वजनिक गरिने जानकारी कोइरालाले दिए। निगमले फागुन १५ गतेसम्म जापान उडान सुरु गर्ने तयारी गरेको छ। निगमले भारतका नयाँदिल्ली, बैंगलोर, मुम्बई तथा मलेसिया, सिंगापुर, बैंकक र कतारमा उडान गर्दै आएको छ। निगमले चीन, दक्षिण कोरिया र साउदी अरबमा सीधा उडानको योजना अगाडि सारेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com