गुल्मीमा जीप दुर्घटना : दुई जनाको ज्यान गयो


प्रकाशित मिति : २० माघ २०७५, आइतबार

गुल्मीको मुसिकोट नगरपालिका-८, अन्तर्गत वामी मैदानबाट वामी टक्सारतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

ग १ च ८३५७ नम्बरको जीप वामी मैदानमा पछाडि गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परि जीपधनी मुसिकोट नगरपालिका-८, निवासी ३० वर्षीय ठाकुर सापकोटा र त्यसै ठाउँकी ५५ वर्षीया पुतली ठकुरीको घटनास्थलमै ज्यान गएको मुसिकोट नगरपालिका– ८, का वडा अध्यक्ष नारायण सापकोटाले बताउनुभयो ।

त्यसै ठाउँका ५५ वर्षीय हरिकला कार्की र बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका निवासी १४ वर्षीय कमल कार्की दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । घाइतेहरुको टाउको र शरीरका अन्यभागमा चोट लागेको र उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।  जीप वामीटक्सारतिर झर्दै गर्दा पछाडि गर्ने क्रममा मैदान नजिकै रहेको चौपारीको भीरबाट झण्डै १ सय ५० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com