सयकडा दश हेर्दा किन रोए लालबाबु पण्डित ?
प्रकाशित मिति : माघ १९, २०७५ शनिबार
संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीले शनिबार फिल्म ‘सयकडा दश’ हेरेका छन् ।
उनले छेवैमा उभिएका अभिनेता एवं राजाराम पौडेलको अभिनयको खुलेर प्रशंसा गरे । फिल्ममा पौडेल एक भ्रष्ट सरकारी अधिकृतको भूमिकामा प्रस्तुत छन् । मुख्य सचिव रेग्मीले फिल्म समसामयिक र सन्देशमुलक रहेको भन्दै संक्षिप्त प्रतिक्रिया दिए ।
अख्तियार पूर्वप्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि फिल्म सशक्त माध्यम भएको बताए । ‘सयकडा दश भ्रष्टाचार नियन्त्रण र सदाचार समाज बनाउनका लागि एउटा आदर्श हो’ उनले भने, ‘सरकार मात्र हैन, नागरिक समेत यसतर्फ चेतनशिल हुनु जरुरी छ ।’
शुक्रबार रिलिज भएको रामशरण पाठक निर्देशित फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको अभिनय छ । फिल्मले शनिबार मल्टिप्लेक्स र एकल पर्दामा राम्रो व्यापार गरेको निर्मात्री रज्जु प्रधानले बताइन् । दर्शन नेपाल क्रिएसनले निर्माण गरेको फिल्मलाई गतसाता थाइल्यान्ड र म्यानमारमा प्रदर्शन गरिएको थियो ।