सप्तकोसीमा सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो


प्रकाशित मिति : १९ माघ २०७५, शनिबार

गत २० मंसिरमा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीमा पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् । याे खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com