अमेरिकाको स्वामिनारायण मन्दिरमा तोडफोड र जिससका नारा, एकजना पक्राउ


प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार

अमेरिकाको केन्टकीमा रहेको एउटा हिन्दु मन्दिरमा तोडफोड गर्ने र जिससका नारा लेख्ने १७ बर्षका श्वेत अमेरिकनलाई प्रहरीले पक्राउ गरेको छ । केन्टकीको लुइभिलमा रहेको स्वामिनारायण हिन्दु मन्दिरको ढोका तोडफोड गर्नुका साथै भित्तामा जिससका नारा लेखिएको थियो ।

मन्दिरको भित्तामा कालो अक्षरमा घृणाले भरिएका धार्मिक शब्दहरु पोतिनुका साथै कालो क्रस बनाइएको थियो । कुर्सीमा छुरा हानिएको थियो भने कैयन ढोकाहरु तोडफोड गरिएको जनाइएको छ ।

मन्दिरमा भगवानका पोष्टरमा समेत कालो पोतिएको जनाइएको छ । मन्दिर प्रशासनले हिन्दु मन्दिरमा भएको यस्तो घृणित कार्यको निन्दा गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्दिरमा घृणा फैलाउने काममा संलग्न भएको अभियोगमा १७ बर्षीय पुरुष पक्राउ परेको र ऊ बिरुद्ध पहिलो डिग्री आपराधिक कार्य र तेश्रो डिग्री डँकैतीको अभियोग लगाइएको छ । उसले एक्लै उक्त कार्य गरेको विश्वास गरिएको छ ।


खसोखास भिडियो

के हुँदैछ एनआरएन नागरिकता ? के पाउँदैछन् के गुमाउँदैछन् ?

जर्सी सिटी र इन्द्रावतीबीच भगिनी सम्बन्ध, एक्सचेन्ज प्लेसमा नेपालको झण्डा फहराइने

अमेरिकी अध्यागमनमा सन् २०१९ मा हुने मुख्य ५ परिवर्तन

बालबालिकामाथि हुनसक्ने यौनजन्य हिंशा कम गर्न अभिभावकले अपनाउनुपर्ने सावधानी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com