अमेरिकाको स्वामिनारायण मन्दिरमा तोडफोड र जिससका नारा, एकजना पक्राउ


प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार

अमेरिकाको केन्टकीमा रहेको एउटा हिन्दु मन्दिरमा तोडफोड गर्ने र जिससका नारा लेख्ने १७ बर्षका श्वेत अमेरिकनलाई प्रहरीले पक्राउ गरेको छ । केन्टकीको लुइभिलमा रहेको स्वामिनारायण हिन्दु मन्दिरको ढोका तोडफोड गर्नुका साथै भित्तामा जिससका नारा लेखिएको थियो ।

मन्दिरको भित्तामा कालो अक्षरमा घृणाले भरिएका धार्मिक शब्दहरु पोतिनुका साथै कालो क्रस बनाइएको थियो । कुर्सीमा छुरा हानिएको थियो भने कैयन ढोकाहरु तोडफोड गरिएको जनाइएको छ ।

मन्दिरमा भगवानका पोष्टरमा समेत कालो पोतिएको जनाइएको छ । मन्दिर प्रशासनले हिन्दु मन्दिरमा भएको यस्तो घृणित कार्यको निन्दा गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्दिरमा घृणा फैलाउने काममा संलग्न भएको अभियोगमा १७ बर्षीय पुरुष पक्राउ परेको र ऊ बिरुद्ध पहिलो डिग्री आपराधिक कार्य र तेश्रो डिग्री डँकैतीको अभियोग लगाइएको छ । उसले एक्लै उक्त कार्य गरेको विश्वास गरिएको छ ।


खसोखास भिडियो

के हुँदैछ एनआरएन नागरिकता ? के पाउँदैछन् के गुमाउँदैछन् ?

जर्सी सिटी र इन्द्रावतीबीच भगिनी सम्बन्ध, एक्सचेन्ज प्लेसमा नेपालको झण्डा फहराइने

अमेरिकी अध्यागमनमा सन् २०१९ मा हुने मुख्य ५ परिवर्तन

बालबालिकामाथि हुनसक्ने यौनजन्य हिंशा कम गर्न अभिभावकले अपनाउनुपर्ने सावधानी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com