युवा स्टार अनमोल केसीको ‘क्याप्टेन’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
प्रशान्त ताम्राकार फिल्ममा अनमोलको फुटबल कोचको भूमिकामा देखिने छन् । फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ । उपासना सिंह ठकुरी, प्रियंका एमभीको यो डेब्यु फिल्म हो । फिल्ममा कथा सामिप्य राज तिमिल्सीनाको रहेको छ ।
भुवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा कथा सामिप्य राज तिमिल्सीनाको रहेको छ । कविराज गहतराजको कोरियोग्राफी, नवराज उपे्रतीेको छायाँकन, दिर्ग खड्काको सम्पादन रहेको छ । फिल्म फागुन १७ गते रिलिज हँुदैछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।