पाकेटमारी गर्ने पाँच भारतीय महिलाको गिरोह पक्राउ


प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार

सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने भारतीय महिलाको गिरोहलाई पक्राउ गरेको छ । वृत्तको टोलीले गाडीमा सवार यात्रुहरूको झोलाबाट पाकेटमारी गर्ने पाँच जना भारतीय महिलाहरूको समूहलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको गोरखपुर स्थायी घर भई हाल काठमाडौं २६, गोगंबु ५० वर्षिय सोनी चमार, ३० वर्षिय प्रिति चमार चौधरी, ३० वर्षीया नितु चमार, २५ वर्षिय पिंकी चमार र २० वर्षिय पूजा चमार रहेका छन्।

बसुन्धराबाट नारायण गोपालचोक आउने कान्तिपुर यातायातमा चढेकी सुस्मिता कुँवरलाई गाडीभित्र धकेल्ने ठेल्ने गरी बिहीबार दिउँसो ५२ हजार लुटेका थिए। म्यानपावरमा बुझाउन लिएर हिँडेकी कुँवरको पैसा लुटिपछि उनले महानगरीय प्रहरी वृत्तमा खबर गरेकी थिइन् ।

उनीहरूलाई प्रहरीले अमेरिकन राजदूतावास नजिकै रहेको खाजा घरमा खाजा खाइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको सिआरबी टोलीले पक्राउ गरेको हो। महिलाहरुको साथबाट पकेट मारिएको मध्ये नगद रू ५०,००० नगद बरामद गरीएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुले साथमा सानो बच्चा बोकी बच्चालाई रुवाउने ठेल्ने धकेल्ने गरी सवारीसाधनमा सवार व्यक्तिको पाकेटमारी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी कारवाही अघि बढाइने वृत्तले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com