सुत्ने बेला घुर्ने बानी छ ? घुर्ने बानीले निम्त्याउ छ जोखिम , छुटकारा पाउन यसो गर्नुस्


प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार

धेरैजना सुतेको बेला घुर्ने गर्छन् । आफूले घुरेको धेरैलाई थाहा हुँदैन । तर सँगै र नजिक सुतेको मान्छेलाई उसको घुराईले हैरान नै बनाउँछ । विदेशमा घुर्ने समस्याकै कारण श्रीमान र श्रीमतीबीच सम्बन्ध विच्छेद भएको उदाहरण छ ।

विश्वमा १८ प्रतिशत पुरुष र २४ देखि २७ प्रतिशत महिलामा घुर्ने समस्या देखिएको छ । नेपालमा भने महिलाको तुलनामा पुरुषमा घुर्ने समस्या धेरै देखिएको डाक्टरहरु बताउँछन् ।

लक्षण :
– श्वास अड्किएको जस्तो हुने ।
– बिहान उठ्दा पनि फ्रेस अनुभव नहुने ।
– गाडी चढ्ने बित्तिकै निद्रा लाग्ने ।
– कुनै कार्यक्रमा बस्दा पनि धेरै हाई आउने वा निदाउने ।
– दिनभर नै थकान महसुस हुने ।
– यो सबै कुरा सोधेर मात्रै थाहा हुन्छ । त्यसलाई स्लिप स्टडी भनिन्छ । बिरामीलाई एकदिन निगरानीमा राख्ने, अनि सोध्ने गरेर मात्रै थाहा हुने हो ।

कारण 
– काम गर्ने समयको अभाब ।
– कसैलाई जन्मदैमा नाक, घाँटीमा विभिन्न समस्या छ भने श्वासप्रश्वासको समस्या हुने गर्दछ । त्यसले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्ने हुन्छ ।
– युवा अवस्थामा पनि बच्चामा बढ्ने टन्सिल एडिन्यन्स ठूलो भई घुर्ने समस्या हुन्छ ।
– वृद्ध अवस्थामा क्यान्सरजन्य ट्युमर वा अन्य ट्युमर भएमा पनि घुर्ने समस्या हुन्छ । कसैको जिब्रो मोटो हुन्छ, त्यसलाई म्याक्रोगोलोसिस भनिन्छ । त्यो कारणले पनि घुर्ने समस्या हुन सक्छ ।
– बुढेसकालमा जिब्रो नरम हुने भएकाले सुतेको बेलामा जिब्रो दोब्रिने गर्दछ, त्यसले गर्दा पनि घुर्ने समस्या हुने गर्दछ ।
– श्वासनलीमा चोट लाग्दा भित्र सुनिन्छ र सुत्ने बेलामा श्वासमा अवरोध भएर घुर्ने समस्या हुन्छ ।
– जिब्रोको पछाडिको रगतको नशा फुल्दा श्वासमा अवरोध भई घुर्ने समस्या आउँछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निम्त्याउने जोखिम 
– घुर्ने समस्या भएकाहरु चिढचिढ स्वभावका, डाह गर्ने, छिट्टै रिसाउने, उपलब्धिबाट सन्तोष लिन   नसक्ने, चाँडै निराश भईहाल्ने र चञ्चले स्वभावका हुन्छन् ।
– यो रोगबाट ग्रस्त भएकाहरुमा एकाग्र हुन नसक्ने, लय, ध्यान, स्मृति तथा कल्पनाशिलतामा कम हुन्छ ।
– घुर्ने बानी भएकाहरुलाई पर्याप्त अक्सिजन नपुग्ने र  ठीकसँग निदाउन नपाउने हुँदा हर्मोनहरुको शारीरिक स्तर तलमाथि हुन जान्छ ।
– अचानक मृत्यु हुन सक्छ ।
– दाम्पत्य जीवनमै कठिनाई आई सम्बन्ध बिच्छेदसम्म हुन सक्छ ।
– हर्मोनहरू तलमाथि हुँदा र मेटाबोलिक गडबडी हुँदा तौल बढ्छ ।
– निद्रा पूरा हुन नपाउँदा दिउँसो निद्राले सताउँछ ।  जीउ गल्ने अल्छी लाग्ने हुन्छ ।
– फोक्सो तथा श्वास नलीको घरी घरी संक्रमण हुन्छ ।
– स्मरणशक्ति हराउने हुन्छ  ।
– मुटुको चालमा समस्या आउछ ।
– हृदयघातको सम्भावना हुन्छ ।
– डिप्रेसन हुन्छ ।
– एन्जाईटी बढ्छ ।
– धेरै डराउने र आत्तिने हुन्छ ।

उपचार तथा ध्यानदिने कुरा 
–  आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने
– मोटोपन घटाउने, शारीरिक कसरत गर्ने,
– धूमपान र मध्यपान नगर्ने ।
– नियमित व्यायाम गर्ने । कम्तिमा ३० मिनेट हिँड्ने
– सुत्ने कोठामा टीभी नराख्ने,
– सुत्ने र उठ्ने एउटै तालिका बनाउने,
– सुत्नुभन्दा तीन घन्टाअघि खाना खाने,
– सुत्दा उत्तानो परेर नभई देब्रे र दाहिने कोल्टे परेर सुत्ने,
–पोजेटिभ एयरवय प्रेसरको माध्यमबाट पनि घुर्ने समस्यालाई नियन्त्रण गर्न सकिन्छ । मुखमा राख्ने मेसिन हुन्छ त्यो रातमा मुखमा लगथाएर सुत्ने हो । जुन मुखमा राखेपछि श्वास फेर्न सजिलो हुन्छ र घुर्ने समस्याको समाधान हुन्छ ।

प्रस्तुती : विना न्याैपाने 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com