वसन्तपुरकी कुमारीलाई राज्यले चढाएको बेरुवा औँठी नक्कली !


प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार

वसन्तपुरकी कुमारीलाई राज्यका तर्फबाट चढाइएको सुनको बेरुवा औँठी कमसल रहेको पाइएको छ। काठमाडौँको इन्द्रजात्रामा कुमारीलाई राज्यका तर्फबाट एकतोला सुनको बेरुवा औँठी चढाउने प्रचलन छ।

गोरखापत्रमा समाचार छ, हनुमानढोका दरवारस्थित तलेजुका मूल पुजारी उद्धव कर्माचार्यका अनुसार, गहना जाँचकीद्वारा परीक्षण गर्दा १९ वटा सुनको बेरुवा औँठी कमसल पाइएका छन्। यी औँठीमा ५० प्रतिशत सुनको मात्रा नै छैन। गुठी संस्थान स्थापना भएयता संस्थानले यो औंठी उपलब्ध गराउने गरेको छ।

गुठी संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीका अनुसार, कमसल पाइएका औँठी राणाकालमा नै कुमारीलाई चढाइएको हो। चढाइएको औँठीको लगत अभिलेख नै कमसल रहेको पाइएको उनको छ। राणाकालमा गुठी जाँच, गुठी बन्दोवस्त, गुठी गोश्वारा र गुठी पहाड बन्दोवस्त अड्डा थिए। पछि तिनै अड्डालाई मिलाएर गुठी संस्थान खडा भएको हो।

गुठी संस्थान स्थापना हनुअगावै यी अड्डाबाट काम हुँदै आएको र त्यतिबेलैका सुनको औँठी कमसल भएको उपप्रशासक रेग्मी बताउँछन्। उहाँका अनुसार, गुठी संस्थान स्थापना भएयता २०२१ सालदेखि नेपाल राष्ट्र बैङ्कबाटै खरिद गरिएको सुन दिने गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मूल पुजारी कर्माचार्यका अनुसार, कुमारीको अहिले एकसय चानचुन औँठी छन्। विसं १८१८ देखि कुमारी रथयात्रा सञ्चालन भएयता गणनाका हिसाबले निकै बेरुवा औँठी हुनुपर्नेमा १९ वटा कमसलसहित एकसय वटामात्र गहना यहाँ रहेको छ। कुमारी रथयात्रा चलेको २५७ वर्ष पुगे पनि औँठी भने कम पाइएको छ। .

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com