खतरनाक चिसो हावा मध्यपश्चिमबाट मैनतिर, २१६ मिलियन प्रभावित


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

अमेरिकामा बढेको खतरानक चिसोका कारण बिहिबार पनि २१६ मिलियन व्यक्तिले अत्याधिक चिसोको सामना गर्नुपर्ने भएको छ भने ८४ मिलियनले जिरो डिग्री फरेनहाइट भन्दा कम तापक्रमको सामना गर्नुपर्ने भएको छ । मध्यपश्चिमबाट मैनतिर बढेको खतरनाक चिसो हावा र निर्मम चिसोका कारण अहिलेसम्म अमेरिकामा ११ जनाको मृत्यु भइसकेको छ भने विभिन्न राज्यहरुमा संकटकाल लागु गरिएको छ ।

तर बिहिबारको दिन खतरानक चिसो हावा लाग्ने अन्तिम दिन रहेको र शुक्रबारदेखि अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । इलिनोय, इन्डियाना, मिसिगन, ओहायो, पेन्सिलभेनिया र विसकन्सिनका कैयन भागमा विहिबार हुलाक सेवा पनि बन्द गरिएको छ ।

अमेरिकाका कतिपय सिटीहरु एन्टार्कटिका भन्दा पनि चिसा भएका छन् । कतिपय स्थानमा हावामा उमालेको पानी फ्याक्दा समेत तल झर्दासम्म जम्ने अवस्था रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com