क्यान्सर निर्मूल पार्ने नयाँ औषधी पत्ता लगाएको इजरायली वैज्ञानिकको दाबी ! अन्तर्राष्ट्रिय क्यान्सर विज्ञहरुको तान्यो ध्यान


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

इजरायली वैज्ञानिकहरुकाे एक टाेलीले  आफूहरुले क्यान्सरविरुद्धकाे प्रभावकारी नयाँ औषधी पत्ता लगाएको कुरा जेरुसेलम पोस्टमा सार्वजनिक गरेका थिए । यस्ले अन्तर्राष्ट्रिय क्यान्सर विज्ञहरुको ध्यान तानेको छ ।

उनीहरुले भनेका थिए, ‘अहिलेसम्मकै क्रियाशील क्यान्सर उपचार पद्दति पत्ता लगाएका छौँ, यसले सुरुको दिनबाटै काम गर्न थाल्नेछ र अन्तिम हप्तापछि शरीरलाई बिनाहानि क्यान्सर निर्मूल पार्नेछ । त्यसपछि अन्य औषधिको प्रयोग गर्नु पर्ने छैन ।’

गत सोमबार इजरायली वैज्ञानिकहरुकाे साे टाेलीले क्यान्सरका बिरामीहरुकाे पहुँचमा अर्काे वर्ष (सन् २०२०) बाट पाउन सक्नेगरी अहिलेसम्मकै सशक्त र प्रभावकारी क्यान्सरकाे उपचार पत्ता लगाएकाे दाबी गरेका हुन् ।

उनीहरुले ‘एक्सिलिरेटेड इभोलुसन बायोटेक्नोलोजी लिमेटड’ कम्पनीबाट सिइओ डा. इलन मोर्डको नेतृत्वमा (Accelerated Evolution Biotechnologies under the leadership of CEO Dr. Ilan Morad) यो कुरा लिखित रुपले सार्वजनिक गरेका छन् । डा. मोर्डले भनेका छन्, ‘हाम्राे कम्पनी सानो र कम लगानीको छ । थुप्रै रिसर्च र प्रयोग गर्न सके २०२० सम्ममै शतप्रतिशत क्यान्सर निकाे पार्ने याे औषधि प्रयाेगमा अाउनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यान्सर उपचारका लागि क्रान्तिकारी कदम हुने उल्लेख गर्दै उनीहरुहरुले पत्ता लगाएकाे नयाँ उपचार पद्दतिलाई ‘मुटाटो’ (MuTaTo) नाम दिएका छन् । यसले क्यान्सरविरुद्ध दोहोरो रुपले लड्न सक्ने र यो उपचार पद्दति एकदमै थोरै हानिकारक हुने साथै सस्तो समेत पर्ने दाबी गरिएकाे छ । मानिसका लागि प्रयोग गर्नुपूर्व यो पद्दति मुसामा भने सफल भएको उनीहरुले बताएका छन् ।

क्यान्सर उपचारका बेला क्यान्सर सेलले औषधीविरुद्ध उत्तेजक भएर आफ्नो सेल फैलाउने गर्छ तर याे औषधिले क्यान्सर सेल रिसेप्टरलाई नै अट्याक गर्ने उनीहरूकाे दाबी छ ।

उपचारको लागि खोजी गरेको मुटाटाेमा दुई वा दुईभन्दा बढी एमिनो एसिडको र क्यान्सरविरुद्ध लड्ने टक्सिन प्रयोग गरेर एक स्ट्क्चर हुनेछ । तीन ओटा पेप्टाइड्लाई साे स्ट्रक्चरमा राखेर बिरामीमा राखिने र त्यसपछि उपचार गर्न नपर्ने सिइओ डा‍. मार्डले बताएका छन् ।

Cancer cells [illustrative]

अमेरिकी विज्ञकाे शंका

अमेरिकी विज्ञहरुले भने इजरायली वैज्ञानिककाे उक्त दाबीमाथि शंका गरेका छन् । उनीहरुको त्यो दाबी अस्वीकार गर्दै अमेरिकन क्यान्सर सोसाइटीका विज्ञ डा लिओनार्द लिक्टेनफेल्डले उनीहरुको रिपोर्ट साइन्टिफिकली नहेरिएको बताएका छन् । साथै यसले अझै थुप्रै अध्ययन-अनुसन्धानकाे दायरा पार गर्न बाँकी रहेको उनकाे भनाइ छ ऽ

डा लिअाेनार्दाेले भनेका छन्, ‘धेरै परीक्षण, अनुसन्धान एवं असमान्यताहरुको अध्ययनपछि मात्र यसले सफलता प्राप्त गरेकाे मानिनेछ । यो केवल क्लिनिकल रिजल्ट हो, यस्ले अझै अप्ठ्यारो परिक्षण गर्नुपर्ने हुन्छ । मुसामा सफल परीक्षण भएका कारण केही दृष्टिकोणले चाहिँ यो सम्भव देखिन्छ ।’

त्यस्तै, पेर्लमुटर क्यान्सर सेन्टरका निर्देशक डा बिन नेलले भनेका छन्, ‘उनी (इजरायली वैज्ञानिक) हरुले एक किसिमको क्यान्सरका लागि इन्फेक्सन उपचारको दाबी गरेका हुन सक्छन् । क्यान्सर धेरै किसिमका हुन्छन् । शतप्रतिशत प्रभावकारी बन्ने दाबी गैरजिम्मेवार एवं क्यानसर बिरामीका लागि झुटो आशा हाे ।’

क्यान्सरको प्रभावकारी उपचार पत्ता लगाउन रातदिन लागिपरेका धेरैको मिसन रहेको समेत डा बिनले बताएका छन् । उनले अाशंकाकै बीच थप भनेका छन्, ‘एक्सिलिरेटेड इभोलुसन बायोटेक्नोलोनी कम्पनी सफल भएकाे हाे भने मेरो बधाई छ ।’

उता, कम्पनीका सिइओ डा मोर्डकाे भने आफूहरुले झुटाे अाशा नदेखाएकाे दाबी गरेका छन् । उनले अाफूहरुले पत्ता अाएकाे साे नयाँ उपचारपद्दतिकाे मानिसमै सफल परीक्षण गरेर देखाउने अडान राखेका छन् । एजेन्सी/ प्रकाशचन्द्र  जोशी द्वारा अनुदित

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com