उपचारको लागि ऋषि कपूर अमेरिका !


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

बलिउड अभिनेता ऋषि कपूर उपचारको लागि अमेरिका पुगेका छन् । ऋषिले आफ्नो बिमारीको बारेमा खुलासा गरेका छैनन् । यस बारेमा उनको परिवारका कुनै पनि सदस्यले बताएका छैनन् ।

ऋषिकी पत्नी नीतु कपूर उनीसँगै अमेरिकामा रहेकी छन् । नीतुले बेला बेलामा इन्स्टाग्राममा फोटो सेयर गरिरहन्छिन् । ऋषि कपूरले आफु कुन रोगले ग्रस्त भएको नखुलाएपनि उपचारको लागि अमेरिकामा रहेको बताएका छन् ।

उनले भने, ‘मेरो उपचार भइरहेको छ । छिट्टै ठिक हुन्छ भन्ने आशा छ । भगवानले चाहे भने फिल्ममा फर्कने छु । अहिले फिल्मको बारेमा केहि सोचेको छैन । उपचारको लामो प्रक्रिया छ ।

यो बिमारी निको हुन गजबको धैर्यता चाहिन्छ, जुन ममा कमी छ ।’ भारतिय मिडियाका अनुसार ऋषिको उपचार राम्रोसँग भयो भने अप्रिलमा मुम्बई फर्कने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com