अमेरिकामा यो पुस्ताले भोगेको सबैभन्दा जाडो, ११ को मृत्यु, तीन राज्यमा संकटकाल


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

अमेरिकामा वर्तमान पुस्ताले भोगेको सबैभन्दा जाडो भएको छ । चिसोका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म ११ पुगेको छ । बुधबार मिनेसोटाको तापक्रम माइनस ६६ डिग्री फरेनहाइटसम्म पुगेको थियो भने विसकन्सिन र आयोवामा माइनस ५८ डिग्री फरनेहाइटसम्म पुगेको थियो ।

शिकागोको ओहेयर विमानस्थलबाट ७ सय सहित विहिबार विहान २५ सय उडानहरु रद्द गरिएका छन् । इलिनोयमा राज्य संकटकाल जारी छ भने विसकन्सिनमा पनि शुक्रबारसम्म राज्य संकटकाल जारी रहनेछ । विसकन्सिनमा विद्यालयहरु बन्द गरिएका छन् भने मिशिगनमा पनि संकटकाल जारी छ । बिहिबार मिशिगनमा सयौं विद्यालयहरु बन्द गरिएका छन् ।

मिनेसोटा, ओहायो, इन्डियाना लगायतका राज्यमा पनि चिसोको कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । मिनेसोटाको मिनेपोलिसमा १ सय बर्ष यताकै सबैभन्दा चिसो भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com