भरतपुरमा एक किशोरीले झुन्डिएर गरिन् आत्महत्या


प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार

चितवनको भरतपुरमा एक किशोरीले आत्महत्या गरेकी छन । बुधबार भरतपुर महानगरपालिका (२ क्षेत्रपुर बस्ने जग बहादुर मजकोटीकी छोरी १९ वर्षिय संगीता मजकोटीले आफ्नै कोठाको चुकुल लगाइ सिलिङ्ग फ्यानमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनले आत्महत्या किन गरिन् भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

घट्ना आत्महत्या नै देखिएको भएपनि प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता एवं डिएसपी दुर्गाराज रेग्मीले बताएका छन ।

आत्महत्या गरेपछि पनि दिउँसोको तीन बजेसम्म उनको फेसबुक खुल्ला नै रहेको बताइएको छ । प्रेममा धोका पाएपछि वा तनाव भएपछि उनले आत्महत्या गरेको हुन सक्ने स्थानीयबासीको अनुमान छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com