दैनिक जीवनमा प्रयोग हुने बेसारका यतिधेरै गुण !


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

दैनिक जीवनमा प्रयोग हुने बेसार तर यसको औषधीय गुणबारे हामी बेखवर हुन सक्छौं। आयुर्वेदमा बेसारलाई सबैभन्दा उत्कृष्ट प्राकृतिक एन्टिबायोटिक मानिन्छ। यो छाला, पेट र शरीरका थुप्रै रोगहरुमा प्रयोग हुन्छ।

दूध र बेसार मिसाएर दैनिक पिउनाले शरीरलाई पर्याप्त मात्रामा क्याल्सियम पुग्छ। यसले गर्दा हाडहरु बलियो र स्वस्थ्य हुन्छ साथै यसले शरीरमा रक्तसञ्चार बढाउने हुनाले कानको दुखाइ जस्ता समस्याहरुबाट छुटकारा दिलाउँछ। त्यस्तै यसले रगत सफा पनि गर्छ।

दैनिक दूध र वेसार मिसाएर पिउनाले अनुहारमा चमक आउँछ। सानो कपासको डल्लालाई दूध र वेसारको मिश्रणमा चोबेर अनुहारमा लगाउँदा पनि अनुहारको कान्ती बढ्नुका साथै अनुहार सफा र उज्यालो हुन्छ। साथै छाला सम्बन्धी अन्य समस्याहरु हटाउन पनि यसले मद्दत गर्छ।

दैनिक सेवनले शरीर सुडौल बनाउन पनि मद्दत गर्छ। मन तातो दूधमा वेसार मिसाएर खानाले शरीरमा जमेको बोसो घट्दै जान्छ। कलेजो सम्बन्धी रोगहरुको सम्भावना कम गर्छ।

यसका साथै यो एक राम्रो एन्टीसेप्टिक हुनाले अल्सरलाई पनि कम गर्छ । यसले पाचन प्रणालीमा सुधार ल्याउँछ र अपच, पखाला जस्ता समस्या हुन दिदैँन र महिलाहरु महिनावारी भएको बेला दूध र वेसार मिसाएर पिउनाले दुखाई कम हुन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com