जालसाजी गर्नेलाई फसाउन अमेरिकामा सरकारले नै बनायो नक्कली युनिभर्सिटी


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

युनिभर्सिटीको लोगो छ । वेवसाइट पनि छ । इमेल ठेगाना र फोन नम्बर पनि छ । झट्ट वेवसाइट हेर्दा नक्कली युनिभर्सिटी जस्तो लाग्दैन । तर न यो नामको युनिभर्सिटी अमेरिकामा कतै छ । न त त्यहाँ कुनै कर्मचारी नै छन् ।

अमेरिकी सरकारले सन् २०१५ देखि यस्तो नक्कली युनिभर्सिटी बनाएको छ अमेरिकाको मिसिगनमा । युनिभर्सिटी अफ फार्मिङटनका नाममा स्थापना गरिएको उक्त नक्कली युनिभर्सिटीका वेवसाइटमा ब्याचलर अफ बिजनेश एड्मििनिस्ट्रेसन र ब्याचलर अफ साइन्स लगायतका कोर्सको बारेमा समेत उल्लेख गरिएको छ ।

विद्यार्थी भिसाको प्रयोग गरेर आफूलाई जोगाउन चाहने अमेरिकामा रहेका कागजपत्रविहिनलाई फन्दामा पार्न इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले यस्ता नक्कली युनिभर्सिटी बनाएको हो । त्यस्तै विद्यार्थी भिसाको दुरुपयोग रोक्न नक्कली युनिभर्सिटी बनाएर दुरुपयोग गर्न खोज्नेहरुलाई कारवाही थालिएको छ ।

सोमबार ८ जना अभियुक्तहरुलाई ग्रयाण्ड जुरी समक्ष पेश गरिएपछि आइसले नक्कली युनिभर्सिटीको स्थापना गरेको खुलासा भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com