९ महिने बालिकाको कलेजो प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल


प्रकाशित मिति : माघ १६, २०७५ बुधबार

कलेजोमा समस्या देखिएपछि भारतको एक अस्पतालमा भर्ना गरिएकी म्याग्दीकी एक ९ महिने बालिकाको उपचारका लागि आर्थिक अभाव भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका जामबहादुर र रेश्मा रन्तिजा मगरकी ९ महिने छोरी सियानाको कलेजो प्रत्यारोपण गर्नका लागि आर्थिक अभाव भएको उनको परिवारले बताए पछि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सहयोग संकलन अभियान शुरु गरेको छ ।

देश विदेशमा रहेका हिस्तानबासीले सियानाको उपचारका लागि ३० लाख रुपैयाँ जुटाएका भएपनि उनको उपचारका लागि अझै १५ लाख रुपैयाँ आवश्यक पर्ने उनको उपचारमा संलग्न चिकित्सकले बताएपछि ओमकुमारी शान्ति कोषले सहयोग अभियान संचालन गरेको हो ।सियानाको भारतको नयाँ दिल्ली स्थिल सर गंगालाल अस्पतालमा उपचार भैरहेको र उनको उपचारका लागि अझै १५ लाख रुपैयाँ भन्दा बढी आवश्यक पर्ने जानकारी प्राप्त भएकोले सहयोग संकलन अभियान शुरु गरेको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

शाक्यले ९ महिने बालिकालाई बचाउन सक्दो सहयोग गर्न पनि देश विदेशमा रहेका म्याग्देलीहरुसंग अनुरोध गर्नुभएको छ। अध्यक्ष शाक्यका अनुसार सियानालाई मृगौला दान गर्ने व्यक्ति पनि शान्ति कोषले खोजिसकेको अवस्थामा आवश्यक रकमको अभावमा सियानाको उपचार प्रभावित नहोस् भनेर सहयोग संकलन अभियान शुरु गरिएको हो ।भारतको सर गंगालाल अस्पतालमा कलेजो प्रत्यारोपणको तयारी गरिएकी बालिकाको उपचारका लागि थप १५ लाख रुपैयाँ आवश्यक पर्ने अभिभावकले बताएका छन् ।

स्वदेश तथा विदेशमा रहेका हिस्तानबासीहरुबाट प्राप्त भएको ३० लाख रुपैयाँमध्ये हालसम्म १२ लाख रुपयाँ खर्च भइसकेको सियानाकी आमा रेश्माले बताउनुभयो । ‘प्राप्त सहयोग मध्य १८ लाख रुपैयाँ बाँकी छ । कलेजो प्रत्यारोपणका लागि थप १५ लाख रुपैयाँ आवश्यक पर्ने अस्पतालले जनाएको छ,’ रेश्माले भन्नुभयो ‘थप सहयोग जुटेमा छोरीको कलेजो प्रत्यारोपण गर्न सकिन्थ्यो ।’ रेश्माका अनुसार सर गंगालाल अस्पतालका चिकित्सक डा.निमेश र डा.विशालले सियानाको कलेजो प्रत्यारोपणको लागि यही महिनाभित्र समय दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेनी अनलाईन डटकमको अनुसार सियानाको विगत ५ महिनादेखि कलेजो र पित्तथैलीमा समस्या देखिएको आमा रेश्माले बताउनुभयो ।ओमकुमारी शान्ति कोषले ९ महिने बालिकालाई बचाउन देश विदेशमा रहेका म्याग्देलीहरुसंग आर्थिक सहयोगका लागि आग्रह गरेको छ । २०७१ सालमा स्थापित परोपकारी संस्था ओमकुमारी शान्ति कोषले हालसम्म गरिब र आर्थिक अभावका कारण उपचार गराउन नसक्ने अवस्थाका १ सय ५ जना विरामीहरुको उपचारमा १ करोड ८३ लाख २४ हजार रुपैयाँ सहयोग जुटाएर उनीहरुको उपचारमा सहयोग गरेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com