यी हुन् अमेरिकामा एसाइलम खोज्दा मेक्सिको फिर्ता पठाइएका पहिलो व्यक्ति, नयाँ नीति कार्यान्वयन सुरु


प्रकाशित मिति : माघ १६, २०७५ बुधबार

अमेरिकी सरकारको नयाँ नीति अन्तरगत अमेरिकाको पोर्ट अफ इन्ट्रीमा आएर एसाइलमको लागि दावी गर्ने व्यक्तिलाई मंगलबारदेखि अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाउन थालिएको छ । क्यालिफोर्नियाको सान यिसिद्रो पोर्ट अफ इन्ट्रीबाट उनलाई अदालती सुनुवाई सम्मका लागि मेक्सिको पठाइएको हो ।

होण्डुरसका नागरिक ५५बर्षका कार्लोस गोमेज पेर्डोमोलाई सान यिसिद्रो पोर्ट अफ इन्ट्रीबाट मेक्सिको फिर्ता पठाइएको हो । उनी नै अमेरिकामा एसायलम खोज्दा अदालती सुनुवाई सम्मका लागि मेक्सिको पठाइएका पहिलो व्यक्ति बनेका छन् ।

नयाँ नियमको कार्यान्वयन शुक्रबारदेखि हुने जनाइएपनि मंगलबारमात्र एकजनालाई मेक्सिको फिर्ता पठाइएको हो । मेक्सिकन अधिकारीहरुले सान यिसिद्रो पोर्ट अफ इन्ट्रीबाटमात्र हरेक दिन २० जनासम्मलाई मेक्सिको फिर्ता पठाउने सहमति भएको जनाएका थिए ।

मेक्सिकन अध्यागमन अधिकारी रोडुल्फो फिगोराले होण्डुरसका ति व्यक्तिलाई हतार हतार भ्यान भित्र हालेका थिए । उनका अनुशार मंगलबार अरु कसैलाई पनि मेक्सिको फिर्ता पठाइएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबरमा होण्डुरसबाट हिडेका उनी नोभेम्बरमा सिमाक्षेत्रमा आएका थिए । उनलाई महिनौं प्रतिक्षामा बसेपछि सोमबारमात्र एसाइलमका लागि समय दिइएको थियो ।

जनवरी २५ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरीले मेक्सिकोको सरकारसँग समन्वय गरेर नीति कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन् । अमेरिका सिमाक्षेत्रबाट प्रवेश गरेर एसाइलम खोज्नेहरुलाई अदालती सुनुवाई सम्मका लागि मेक्सिको फिर्ता पठाउने नीति गत डिसेम्बरमा घोषणा गरिएको थियो ।

मेक्सिकोले उनीहरुलाई मानवीय भिसा उपलब्ध गराउन सक्नेछ । अदालती सुनुवाईको दिनमा भने आइसका अधिकारीहरुले यात्राको प्रबन्ध गर्नेछन् । यदि एसाइलम स्वीकृत भएमा अमेरिका बस्न अनुमति दिइनेछ भने अस्वीकृत भएमा सम्बन्धित देशमा डिपोर्ट गरिनेछ ।

 मैले युएससीआईएसमा एसाइलम आवेदन दिदैछु , के मलाई मेक्सिको पठाइन्छ ?

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com