अमेरिकामा एसाएलम गर्नेलाई मेक्सिको फिर्ता, सानबाट यिसिर्दोबाट हरेकदिन २० जनासम्म


प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

अमेरिकाको क्यालिफोर्नियाको सान डिएगो क्षेत्रमा रहेको सान यिसिर्दो पोर्ट अफ इन्ट्रीमा एसाइलम गर्ने २० जनासम्मलाई टिवानाहुँदै मेक्सिको पठाइने भएको छ । उनीहरुले अमेरिकी अदालतमा एसाइलमको सुनुवाईको मिति नआउँदासम्म मेक्सिकोमा नै बसेर प्रतिक्षा गर्नुपर्नेछ ।

गत डिसेम्बर २० मा अमेरिकी सरकारले एसाइलमबारे ल्याएको नयाँ नीति अन्तरगत सिमाक्षेत्रबाट आएर अमेरिकामा एसाइलम गर्नेहरुलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको पठाउन थालिएको हो । उनीहरुलाई मेक्सिकोले त्यहाँ रहुन्जेल मानवीय भिसा र वर्क परमिट प्रदान गर्न सक्नेछ ।

सान डिएगोको सान यिसिद्रो पोर्ट अफ इन्ट्रीबाट टिवानाहुँदै हरेक दिन २० जनासम्मलाई मेक्सिको पठाइने अपेक्षा गरिएको मेक्सिकोका विदेशमन्त्रालयका प्रवक्ता रोबर्टो भेलास्कोले रोयटर्सलाई जनाएका छन् । यसरी फर्काइएकाहरुले मेक्सिको सरकारले खाना र आवासको सुविधा प्रदान नगर्ने तर मानवीय आधारमा भिसा दिनसक्ने उनले जनाएका छन् ।

अमेरिकी अधिकारीहरु र आफूहरुबीच हरेकदिन बढीमा २० जनासम्म एसाइलम आवेदकलाई सान यिसिद्रो पोर्ट अफ इन्ट्रीबाट फिर्ता पठाउन सहमति भएको प्रवक्ताले बताएका छन् । विस्तारै अरु पोर्ट अफ इन्ट्रीबाट पनि एसाइलम आवेदकलाई मेक्सिको फिर्ता पठाउन सुरु गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतमा सुनुवाईको मिति दिइएकाहरुलाईमात्र मेक्सिकोले स्वीकार गर्ने तर मेक्सिकोका लागि खतरा हुने, स्वास्थ्य समस्याबाट पीडित र अभिभावक विनाका केटाकेटीहरुलाई भने स्वीकार नगर्ने प्रवक्ताको भनाई छ । यस अगाडि अमेरिकामा एसाइलम गर्नेहरुलाई सुनुवाईको मितिसम्म अमेरिकामा नै रहेर काम गर्न अनुमति दिइदै आएको थियो ।

तर अब आवेदकहरुलाई नोटिस टु अपियरको सुचना दिएर मेक्सिको नै फिर्ता पठाउन लागिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई सुनुवाईका लागि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले यातायातको प्रबन्ध गर्नेछ तर सुनुवाईको अन्तरिम मितिसम्म उनीहरु मेक्सिकोमा नै बस्नुपर्नेछ । यदि मुद्दा जितेमा उनीहरुलाई अमेरिका आउन अनुमति दिइनेछ भने हारेमा उनीहरुकै देशमा फिर्ता पठाइनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com