मैले युएससीआईएसमा एसाइलम आवेदन दिदैछु , के मलाई मेक्सिको पठाइन्छ ?


प्रकाशित मिति : माघ १३, २०७५ आईतबार

मैले युएससीआईएसमा एसाइलम आवेदन दिने योजना बनाएको छु । के मलाई एसाइलम आवेदनबारे निर्णय नहुँदासम्म मेक्सिको पठाइन्छ ?

यदि तपाई युएससीआईएसमा एसाइलमका लागि आवेदन दिदै हुनुहुन्छ भने तपाईलाई मेक्सिको पठाइदैन । तपाईले अमेरिकामा नै बसेर आफ्नो आवेदनको निर्णय पर्खन सक्नुहुनेछ । तर तपाईको अन्तरवार्ता एकमहिनाभित्र नै हुनेछ । यदि तपाईको आवेदन अस्वीकृत भएमा र तपाईको भिसा अद्यावधिक नरहेको खण्डमा तपाईको मुद्दा अध्यागमन अदालतमा रिफर गरिनेछ । तपाईले अमेरिकामा नै बसेर अदालती सुनुवाई कुर्न पाउनुहुनेछ ।

तर तपाईले अमेरिकी सिमाक्षेत्रमा विना भिसा आएर एसाइलम दावी गर्नुभयो भने नयाँ नियम अनुशार तपाईले अदालती सुनुवाईको मिति मेक्सिकोमा नै बसेर कुनुपर्ने हुनसक्छ । अहिलेका लागि क्यालिफोर्नियाको सान डिएगो स्थीत सान यिसिर्दो पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्नेहरुलाई मात्र अदालती सुनुवाई सम्मका लागि मेक्सिको फिर्ता पठाउन थालिएको छ । अहिलेका लागि खासगरी उत्तर अमेरिकी देशका नागरिकलाईमात्र मेक्सिको फिर्ता पठाउन थालिएको छ ।

मेक्सिकोले अदालती सुनुवाईको मिति तय भएकाहरुलाई मानवीय भिसा र वर्क परमिट प्रदान गर्नसक्छ । तर तपाई मेक्सिकोको राष्ट्रिय सुरक्षामा खतरा रहेको, स्वास्थ्य खराब रहेको वा अभिभावकविनाको बालबालिका रहेको पाइएमा भने मेक्सिकोले स्वीकार नगर्ने जनाएको छ । अदालती सुनुवाईको मिति आइसकेपछि भने अध्यागमनले यातायातको प्रबन्ध गरेर अदालतसम्म ल्याउनेछ । यदि एसाइलम स्वीकृत भएमा अमेरिकामा बस्ने अनुमति दिइनेछ । अस्वीकृत भएमा सम्बन्धित देशमा फिर्ता गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले क्यालिफोर्नियाको सान डिएगोबाट सुरु गरिएपनि विस्तारै अन्य पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम गर्नेहरुलाई पनि मेक्सिको फिर्ता पठाइने जनाइएको छ । अहिले उत्तर अमेरिकी देशका नागरिकलाई मेक्सिको फिर्ता पठाउन प्राथमिकता दिइएपनि विस्तारै सबै देशकालागि पठाइने जनाइएको छ ।

याद राख्नुहोस्, विभिन्न भिसामा अमेरिकामा आएर युएससीआईएसमा एसाइलम गर्नेहरुका सन्दर्भमा भने यो नियम लागु हुनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com