टिआई रिपोर्ट : ‘नेपालमा भ्रष्टाचार घटेकै छैन’


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले भ्रष्टाचार अवधारणा सूचकांक २०१८ सार्वजनिक गरेको छ। ट्रान्सपरेन्सीले सार्वजनिक गरेको रिपोर्ट अनुसार डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ। नेपाल १८० देशमध्ये ३१ अंक प्राप्त गर्दै १ सय २४ औं स्थानमा रहेको छ।

आम निर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको देखिएको टिआईले जनाएको छ।

निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी भएको प्रतिवेदनमा उल्लेख छ।

राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखिन्छ,ु ट्रान्सपरेन्सी इन्टरनेसनले जनाएको छ। गतवर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार नभएको देखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण एसियाली राष्ट्रमध्ये भुटान ६८ अंक प्राप्त गरी २५ औं स्थान, भारत ४१ अंक प्राप्त गरी ७८ औं, श्रीलंका ३८ अंक प्राप्त गरी ८९औं, पाकिस्तान ३३ अंक प्राप्त गरी ११७ औं, मालदिभ्स ३१ अंक प्राप्त गरी १२४औं स्थानमा छन्।

नेपाल ३१ अंक प्राप्त गरी १२४ औं, बंगलादेश २६ अंक प्राप्त गरी १४९औं र अफगानिस्तान १६ अंक प्राप्त गरी १७२ औं स्थानमा रहेका छन्। छिमेकी मुलुक चीन ३९ अंक प्राप्त गरी ८७औं स्थानमा रहेको छ।

सन् २०१८ मा विश्वका १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यावसायीको अवधारणामा आधारित भएर ट्रान्सपरेन्सी इन्टरनेसनलले मापन गरेको थियो। यस सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ।

टिआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ। यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको हो।

यस वर्षको सूचकांकमा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com