जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन शुरु


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान९जुम्ला अस्पताल०बाट सुर्खेत, नेपालगञ्ज÷काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ ।

प्रतिष्ठानले पहिलोपटक आफ्नै प्लान्टबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेसँगै अक्सिजनको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको हो । प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि जुम्लामा गरेको कामलाई अति महत्वपूर्ण उपलब्धि मानिएको छ ।

कर्णाली प्रदेशमा नै गत वर्षदेखि सुर्खेत क्षेत्रीय अस्पतालले अक्सिजन उत्पादन गर्न थालेको थियो । दम, फोक्सो, छाती तथा शल्यक्रियाका बिरामीका लागि अक्सिजन अति आवश्यक हुन्छ ।

यसअघि प्रतिष्ठानले रक्त सञ्चार सेवा केन्द्र, आधुनिक चिकित्सा विज्ञानलाई आवश्यक पर्ने सबै प्रयोगशाला तथा सघन उपचार कक्ष सञ्चालनमा ल्याइसकेको छ । अति आवश्यक पर्ने सिटीस्क्यान उपकरण जडान अन्तिम चरणमा रहेको प्रतिष्ठानले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले करीब रु दुई करोड २३ लाखको लागतमा अक्सिजन प्लान्टका उपकरण स्थापना गरी गत आइतबारदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अब जुम्ला अस्पतालले अक्सिजनको अभावमा सुर्खेत, नेपालगञ्ज÷काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।” तीनसय श्ययाको प्रतिष्ठानअन्तर्गतको जुम्ला अस्पताललाई आवश्यक पर्ने र माग भइ आएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ । अहिले अस्पतालमा दैनिक १०÷१२ सिलिण्डर अक्सिजन खपत हुन्छ ।

एक सिलिण्डरमा १२० लिटर अक्सिजन हुन्छ । “हाम्रो प्लान्टको उत्पादन क्षमता ८० सिलिण्डरसम्म छ ।” प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले भन्नुभयो । विशेषगरी चिसोको समयमा अक्सिजनको अत्यधिक खपत अस्पतालमा हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययनका अनुसार सबैभन्दा फोक्सो, छाती तथा दमका रोगी कर्णाली प्रदेशमा थुप्रै छन् ।

नेपालगञ्जबाट अक्सिजन ढुवानी गर्दा यसअघि प्रतिष्ठानले धेरै दुःख र सास्ती ब्योहोर्नुपरेको थियो । अस्पतालमा अक्सिजनको अभावमा शल्यक्रियासमेत रोक्नुपथ्र्योे । अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता पनि थियो ।

प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सिधै श्ययासम्म पु¥याउने व्यवस्था अस्पताले मिलाएको छ । कर्णाली प्रदेशमा सम्भवत यस किसिमको प्रबन्ध पहिलोपटक गरिएको हो । प्रतिष्ठान चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तथा एमजिडिपी तहका कक्षा सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । जुम्ला अस्पताललाई कर्णाली प्रदेशकै केन्द्रीय विशेषज्ञ अस्पतालमा रुपान्तरणसमेत गरिँदैछ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्ले चिकित्सा शिक्षा र सेवाका लागि भौतिक पूर्वाधार, उपकरण तथा जनशक्ति तीनै क्षेत्रमा प्रतिष्ठान बनाउनेतर्फ बढिरहेको बताउनुहुन्छ । “अस्पतालमा विशेष गरी चिसोबाट उत्पन्न हुने छातीरोग, दमरोग, फोक्सोका रोगी धेरै सेवा लिन आउने गर्दछन् । आफ्नै प्लान्टबाट अक्सिजन उत्पादनले ती बिरामी तथा शल्यक्रिया गरेका बिरामीलाई ठूलो सहयोग पुग्छ ।” उहाँले भन्नुभयो ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com