पारसको मुटुको ब्लकेज खोलियो, स्वास्थ्य स्थिर तर गम्भीर


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

हृदयाघात भएका पूर्वयुवराज पारस शाहको मुटुको दुवै ब्लकेज खोलिएको छ। उनको स्वास्थ्य अवस्था स्थिर तर अझै पनि गम्भीर रहेको छ।

ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गर्दै गर्दा अप्ठ्यारो भएपछि उनलाई सोमबार अपराह्न सवा ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

‘अस्पतालका मुटु रोग विभाग प्रमुख डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उनको मुटुको ब्लक खुलाएर स्टेन्ट हालेको छ,’ नर्भिक अस्पतालले भन्यो।

अस्पताल प्रशासनका अनुसार एन्जियोप्लाष्टी गरी मुटुको धमनी खोजेपछि शाहलाई क्याथल्याबबाट सिसियु कक्षमा सारिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘उहाँको स्वास्थ्य स्थिर छ, तर खतरायुक्त छ,’ अस्पताल प्रशासनबाट सेतोपाटीसँग कुरा गर्दै पूर्वएआइजी राजेन्द्रबहादुर सिंहले भने, ‘उहाँलाई क्याथल्याबबाट सिसियुमा सारिएको छ।’

सिंहका अनुसार एन्जियोप्लाष्टी सम्पन्न भएपछि शाहलाई सिसियुको ‘क्रिटिकल केयरिङ’मा राखिएको छ।

शाहको उपचारमा डा. यादव भट्टसहितको चिकित्सक टोली खटिइरहेको सिंहले जानकारी दिए। ‘उहाँको अवस्था स्थिर, खतरापूर्ण नै छ, तर सुधारोन्मुख छ,’ सिंहले भने।

यसअघि दुई पटक हृदयघातबाट गुज्रिएका पारस तेस्रो पटक हृदयघातपछि अस्पताल पुगेका हुन्।

यसअघि मन्दिरमा डेढ घण्टा बिताएका पारसलाई पञ्चकन्याले फूलमालाका स्वागत गरेका थिए। शाह मन्दिर पुग्दा स्वागत गर्न ललितपुरका मेयर चिरिबाबु मर्हजन समेत पुगेका थिए।

लामो अन्तरालमा सार्वजनिक स्थलमा देखापरेका पारसलाई हेर्न भीड जम्मा भएको थियो। पारस मन्दिरमा भने हँसिलो मुद्रामा थिए। पारसलाई हेर्न  भीड जम्मा भएपछि प्रहरी परिचालन भएको थियो।

श्रीमतीसँग लामो समय छुट्टिएर बसेका उनी केही समययता भने परिवारसँग घुलमिल भइरहेका थिए। पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने अहिले सिमरामा छन्।

पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि सिमरामा रहेको उनकी आमा तथा पूर्वरानी कोमल गाडीबाटै काठमाडौं हिँडेकी छन्।

हवाइ जहाजको टिकट नपाएका कारण उनी खबर पाउने बित्तिकै गाडीबाट काठमाडौं हिँडेकी सिमरा इलाका प्रहरीका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए। उनी अहिले हेटौंडा कटिसकेकी छन्।

बुबा ज्ञानेन्द्र भने मंगलबार बिहान हवाइ जहाजबाटै आउने तयारी गरिरहेका छन्। प्रहरी निरीक्षक हमालका अनुसार भोलि बिहानका निम्ति पनि टिकट पाइएको भने छैन।

‘टिकट पाइएको छैन, तर बिहानको मिल्ला भन्ने आशा छ,’ हमालले भने।

Setopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com