सवारी लाइसेन्सको अवधि १० वर्ष


प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार

नयाँ सवारी तथा यातायात व्यवस्था ऐन आउने भएको छ । पुरानो सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा कतिपय व्यवस्था थप गर्नुपर्ने तथा केही हटाउनुपर्ने भएकाले नयाँ ऐन ल्याउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

नयाँ बन्न लागेको ऐनमा सबै सवारी लाइसेन्सको अवधि बढाएर १० बर्ष बनाउन लागिएको विभागका प्रवक्ता गोकर्ण उपाध्यायले बताउनुभयो । विभागका अनुसार २६ बर्षपछि आउन लागेको नयाँ सवारी ऐन संघीय संरचना अनुरुप आउने भएको हो । निजी सवारीले यात्रु बोक्न नपाउने, ठुला सवारीका चालकको उमेर २५ वर्ष हुनुपर्ने र जरिवाना र सजायको दायरा फराकिलो बनाइने विभागले जनाएको छ ।

यही माघ मसान्तसम्म नयाँ ऐनको मस्यौदा तयार गर्ने र मन्त्रिपरिषदको अनुमोदन पछि लागु गरिने पनि विभागले प्रष्ट पारेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com