नयाँ सवारी तथा यातायात व्यवस्था ऐन आउने भएको छ । पुरानो सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा कतिपय व्यवस्था थप गर्नुपर्ने तथा केही हटाउनुपर्ने भएकाले नयाँ ऐन ल्याउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
नयाँ बन्न लागेको ऐनमा सबै सवारी लाइसेन्सको अवधि बढाएर १० बर्ष बनाउन लागिएको विभागका प्रवक्ता गोकर्ण उपाध्यायले बताउनुभयो । विभागका अनुसार २६ बर्षपछि आउन लागेको नयाँ सवारी ऐन संघीय संरचना अनुरुप आउने भएको हो । निजी सवारीले यात्रु बोक्न नपाउने, ठुला सवारीका चालकको उमेर २५ वर्ष हुनुपर्ने र जरिवाना र सजायको दायरा फराकिलो बनाइने विभागले जनाएको छ ।
यही माघ मसान्तसम्म नयाँ ऐनको मस्यौदा तयार गर्ने र मन्त्रिपरिषदको अनुमोदन पछि लागु गरिने पनि विभागले प्रष्ट पारेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।