सरकारदवारा २८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा
प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार
कार्यक्षेत्रमा खटिएका दाैरान ज्यान गुमाउने २ हजार ८०७ सुरक्षाकर्मीलाई सरकारले ‘शहीद’ घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जनताकाे सेवामा खटिँदाकाे क्रममा विभिन्न कारणले ज्यान गुमाउन पुगेका नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्ने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलिले बताउनुभयाे ।
कार्यक्षेत्रमा खटिएको अवस्थामा ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई शहीद दिवसको अवसर पारेर शहीद घोषणा गर्ने निर्णय निर्णय गरिएको हो ।
आज सशस्त्र प्रहरी बलकाे मुख्यालय हलचाेकमा आयाेजित १८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २ हजार ८०७ जना सहादतप्राप्त सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गरेको जानकारी गरानुभयाे ।
उहाँले देशका लागि ज्यान दिने सपुतहरुका परिवारमा रहेकाे असमानता अब साेमबारकाे मन्त्रीपरिषदकाे निर्णयसँगै हटेको बताउनुभयाे ।
शहीद घोषणा गरिएकाहरु मध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन् ।






