सुन्दरी प्रतियोगिताका विजेतालाई ‘लैनाे भैँसी’ उपहार !


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

सुनसरीको कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएकाे छ । साे प्रतियाेगितामा विजेयी हुनेले पुरस्कारमा लैनाे भैँसी पाएका छन् ।

काेशीकटानमा सम्पन्न भएकाे प्रतियोगितामा छानिएका ९० भैँसीमध्येबाट विन्देश्वर इशरकाे भैँसीले उपाधि जित्याे । उत्कृष्ट ठहरिएकाे साे भैँसीका मालिक इशरलाई साेमबार प्रथम पुरस्कारवापत अर्काे लैनो भैँसी प्रदान गरिएको हाे ।

प्रतियोगिताका विजेतालाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले लैनो भैँसी प्रदान गरे । उनले व्यक्तिगत १ एक लाख ५० हजार हालेर साे लैनो भैँसी खरीद गरेकाे बताए ।

कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियाेगिताकाे अवधारणा पहिलाेपटक इनरुवा नगरपालिकाले ल्याएको हो । कोशी गाउँपालिकासँग भगिनी सम्बन्ध गाँसेसँगै इनरुवा नगर प्रमुखले साे लैनाे भैँसी कोशी गाउँपालिकामा आयोजित भैँसी सुन्दरी प्रतियोगिताका विजेताका लागि हस्तान्तरण गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी भैँसीका अतिरिक्त गाई सुन्दरी प्रतियोगिता समेत सम्पन्न भएकाे छ । साे प्रतियाेगितामा उत्कृष्ट ठहरिएका गाईधनीलाई नगदसहित सम्मान गरिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com