सलमानको ‘भारत’ टीजर रिलिज


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’को टीजर सार्वजनिक भएको छ । टीजरमा सलमान आफु भारत हुनुको परिचय दिएका छन् । टिजरमा दमदार डाइलगका साथै देशभक्ति भावलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा सलमान भारत नामको व्यक्तिको भुमिका निभाउदैछन । टीजरमा सलमानले एक डाइलग बोलेका छन, ‘मलाई सधै मानिसहरु सोध्दछन् तेरो थर के हो, धर्म के हो, जात के हो ? तर म मुस्कुराउदै भन्छु, यो देशको नाममा बुबाले मेरो नाम भारत राख्नु भएको छ ।

यति ठूलो नामको अगाडि धर्म, जात, थर लगाएर देश र मेरो मान कम गर्न सक्दिन ।’ टीजरमा सलमानको फरक फरक लुक्स देखाइएको छ । सलमानले बाइक स्टन गरेको पनि देखाइएको छ ।

अली अर्वाज जफरले निर्देशन गरेको फिल्ममा भुषन कुमार र कृष्ण कुमारको लगानी रहेको छ । फिल्ममा सलमानको साथै कटरिना कैफ, तब्बु, सोनाली कुलकार्नी, दिशा पाटनी लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्म सन २०१९ को इदमा रिदिज हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com