चिया बगानमा उपराष्ट्रपति


प्रकाशित मिति : पुस १६, २०७३ शनिबार

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले कन्यामस्थित चिया बगानको अवलोकन भ्रमण गर्नु भएको छ । उहाँले आज (शनिबार) पर्यटकीय क्षेत्र कन्यामको चिया बगानको अवलोकन भ्रमण गर्नु भएको हो ।

उपराष्ट्रपनि पासाङले शनिबार नै सुर्योदय नगरपालिका सुन्दरपानी स्थित चिया कारखाना गोरखा टि स्टेट प्रा.लि.को निरिक्षण भ्रमण गर्नु भएको छ । सो अवसरमा उहाँले चिया कारखानाका सञ्चालक र चिया कृषक तथा मजदूरसँग अन्तरक्रिया गर्नुभयो । अन्तरक्रियामा उहाँले आर्गानिक चिया उत्पादनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

शनिबार नै उपराष्ट्रपतिले सूर्योदय नगरपालिको पञ्चकन्यास्थित करफोक बहुमुखी क्याम्पसको पनि निरिक्षण भ्रमण गर्नुभयो । भ्रमणको क्रममा क्याम्पस सञ्चालन समितिका पदाधिकारीले क्याम्पस सञ्चालनका लागि विभिन्न समस्या रहेको अवगत गराउँदै समस्या समाधानका लागि पहल गरिदिन उपराष्ट्रपतिलाई आग्रह गर्नुभयो ।

जवाफमा उपराष्ट्रपतिले लामो ईतिहास बोकेको करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताउनुभयो ।

सातौँ राष्ट्रिय खेलकूद समापनका लागि शुक्रबार सुनसरीको धरान आउनु भएका उपराष्ट्रपति शुक्रबार साँझ ईलामको पर्यटकीय क्षेत्र कन्याम पुग्नु भएको हो । उहाँ शनिबार पनि कन्याममै बस्नु हुने भएकाे छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com