टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु , विराटनगर तनावग्रस्त


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

टिपरको ठक्करले एक बालिकाको ज्यान गएपछि विराटनगर तनावग्रस्त भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ९ स्थित सिसौघारीमा आज बिहान टिपरले ठक्कर दिँदा सोही वडाकी ११ वर्षीया बालिकाकाे ज्यान गएको थियो ।

ना ३ ख ३३५५ नम्बरको उक्त टिपरको ठक्करले बालिका लक्ष्मी ढकालको ज्यान गएपछि स्थानीयले आगजनी गरेका छन् । तीव्र गतिमा आइरहेको टिपरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो । बालिकाको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयको भीडले टिपरमा अन्धाधुन्ध आगजनी गरेका छन् । साथै उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । आक्राेशित भीडले ठक्कर दिने टिपरका अतिरिक्त अन्य ७ वटा टिपरमा समेत आगजनी गरेका छन् ।

स्थानियको प्रदर्शनले सवारी आवागमन ठप्प छन् । प्रदर्शनकारीले प्रहरीमाथि समेत ढुंगामूढा गरेपछि स्थिति थप तनावग्रस्त बनेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com