टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु , विराटनगर तनावग्रस्त


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

टिपरको ठक्करले एक बालिकाको ज्यान गएपछि विराटनगर तनावग्रस्त भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ९ स्थित सिसौघारीमा आज बिहान टिपरले ठक्कर दिँदा सोही वडाकी ११ वर्षीया बालिकाकाे ज्यान गएको थियो ।

ना ३ ख ३३५५ नम्बरको उक्त टिपरको ठक्करले बालिका लक्ष्मी ढकालको ज्यान गएपछि स्थानीयले आगजनी गरेका छन् । तीव्र गतिमा आइरहेको टिपरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो । बालिकाको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयको भीडले टिपरमा अन्धाधुन्ध आगजनी गरेका छन् । साथै उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । आक्राेशित भीडले ठक्कर दिने टिपरका अतिरिक्त अन्य ७ वटा टिपरमा समेत आगजनी गरेका छन् ।

स्थानियको प्रदर्शनले सवारी आवागमन ठप्प छन् । प्रदर्शनकारीले प्रहरीमाथि समेत ढुंगामूढा गरेपछि स्थिति थप तनावग्रस्त बनेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com