अष्ट्रेलियामा नेपालीहरुको एकताबारे बोलीरहेको त्यो एउटा तस्बिर


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

तस्बिर आफै बोल्छ भन्ने भनाइ सत्य हो भन्छन्, फोटोग्राफर अरुण चित्रकार । चित्रकार भन्छन्, ‘ फोटोग्राफी भनेको केवल मानिसको रुप तस्बिरमा उतार्नु होइन । फोटोग्राफी एउटा कला हो । फोटोमा अनगिन्ति भावहरु, शब्दहरु लुकिरहेका हुन्छन् । एउटा फोटोग्राफरले मानिसको अनुहार, हाउभाउ, उसको विशेष पल आदिको भावको गहिराइमा पुगेर त्यसलाई आफ्नो कलाको माध्यमबाट फोटोमा जीवित बनाउने कोसिस गरिरहेको हुन्छ ‘ ।

फोटोग्राफर अरुण चित्रकारले लिएको यस्तै एउटा तस्बिर अहिले अष्ट्रेलियामा चर्चामा आइरहेको छ । केही समय अगाडी मेलबर्नमा सम्पन्न भएको नेपाल महोत्सवमा चित्रकारले उक्त तस्विर लिएका थिए । अष्ट्रेलियामा रहेका नेपालीहरु आफ्नो कला, संस्कृति तथा आफ्नो पहिचानको सम्बर्द्धन तथा प्रबर्द्धन गर्न अग्रसर छन् । साथै यहाँ नेपाली समुदायको एकता सबैको लागि अनुकरणीय छ । चित्रकारले लिएको उक्त तस्बिरमा यी दुवै पक्ष राम्रोसंग अनुभव गर्न सकिन्छ । महोत्सवमा लिइएका अनेक तस्बिरहरुको बीचमा चित्रकारको उक्त तस्बिरले सबैलाई आकर्षित गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Nepal Festival , Melbourne
Photo by : Arun Chitrakar

अरुण चित्रकार स्कुल जीवनमा नै फोटोग्राफी प्रति आकर्षित थिए । त्यतिबेला क्यामरामा रिल राख्नुपर्थ्यो । पकेट खर्चको रुपमा पाएको पैसा उनले जम्मा गर्थे र रिल किन्थे, अनि जान्थे भक्तपुर, पाटन, वसन्तपुर दरबार लगायतका ठाउँतिर । त्यहाँ जानुको उनको उद्देश्य फोटो खिच्नु मात्र थिएन । ती क्षेत्रमा पर्यटकहरु आएर फोटो लिइरहेका हुन्थे । उनलाई ती पर्यटकहरुले चलाइरहेका क्यामराको बारेमा, उनीहरुको फोटो खिच्ने तरिकाको बारेमा जान्न मन लाग्थ्यो । अहिले उनी सम्झिन्छन् , ” ती क्यामरा छुन पाए पनि आफूलाई भाग्यमानी लाग्थ्यो ” । त्यसपछि उनी आफ्नो क्यामराले फोटो खिच्दै हिंड्थे । कतीलाइ धुलाएर दिन्थे, कती आफूसंग घरमै रहन्थे । आफूले खिचेका ती फोटो अहिले पनि आफ्नो घरमा रहेको कुरा उनी बताउँछन् ।

अरुण चित्रकारलाई फोटो खिच्दा आफ्नो क्यामरामा व्यक्तिको या विशेष समयको कुनै पल कैद गर्न मन लाग्थ्यो । उनले ती फोटोमा जीवन देख्थे । आफूले खिचेका ती फोटोहरु स्थानिय पत्रिकामा छापिंदा उनलाई निकै खुशी लाग्थ्यो । पत्रिकामा आफ्नो फोटो छापिनु भनेको उनको लागि प्रोत्साहन, प्रेरणा, पारिश्रमिक, गौरव सबै थियो ।

अष्ट्रेलिया आइसकेपछि फोटोग्राफीको नशा चढेका चित्रकारलाई त्यसमा अझ डुब्न सिकायो । फोटोग्राफर साथी डेभिडसंगको संगतले उनले फोटोग्राफीको सही अर्थ, फोटोग्राफीको कला, फोटोमा दर्शाउन सकिने भावहरु बुझ्ने मौका पाए । त्यसपछि उनका फोटोहरुमा साँच्चै जीवन झल्किन थाल्यो । त्यस बीचमा उनले फोटोग्राफी सम्बन्धि थुप्रै सेमिनार तथा वर्कसपमा सहभागी हुने अवसर समेत पाए । उनमा फोटोग्राफीको माध्यमबाट एउटा फोटोग्राफरले धेरै परिवर्तन ल्याउन सक्ने रहेछ भन्ने ज्ञान भयो । त्यसपछि चित्रकारले अष्ट्रेलियामा नेपालका फोटोहरु राखिएको फोटो प्रदर्शनी गरे । उक्त प्रदर्शनीमा राखिएका फोटोहरुले नेपालको कला, संस्कृति, समाज, रहनसहन, पर्यटन आदि सबै पक्ष समेटेको थियो । उक्त फोटो प्रदर्शनी पछि धेरै अष्ट्रेलियनहरु नेपाल गएका थिए ।

Australia Day fireworks – Melbourne Photo by : Arun Chitrakar

अहिले सबैजसोसंग डिएसएलआर क्यामरा छ, तर फोटोग्राफी सम्बन्धि ज्ञान भने निकै कम छ । अरुण चित्रकार अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई फोटोग्राफी सम्बन्धि आधारभूत ज्ञान दिन चाहन्छन् । जसले गर्दा समुदायका स-साना कार्यक्रम, जमघट हुँदा पनि ती पलहरु कलात्मक तरिकाले कैद होउन् र सधै ती पल जीवित रहीरहुन् ।

फोटोग्राफिमा रुची भएकाहरुका लागि अहिलेको समयमा राम्रो अवसर रहेको अरुण चित्रकार बताउँछन् । उनका अनुसार, युवाहरुले फोटोग्राफीलाई करियरकै रुपमा अगाडी बढाएर राम्रो आम्दानी गर्न सक्छन् । अहिले निकै प्रचलनमा रहेको वेडिंग फोटोग्राफी यसको उदाहरण पनि हो । अरुण चित्रकारका अनुसार, अहिले विकसित देशहरुमा फोटोहरुको माध्यमबाट जीवनकथा भन्ने सुरुवात भएको छ । यसले फोटोग्राफीलाई थप एक नयाँ उचाइ दिनेछ भन्नेमा उनी विश्वस्त छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com