उपत्यका विकास प्राधिकरण खारेज गरिदिए हुन्छ – काठमाडौं महानगरपालिका


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

काठमाडौं महानगरपालिकाले उपत्यका विकास प्राधिकरण खारेज गर्न माग गरेको छ । प्राधिकरणको औचित्य नभएकाले त्यसलाई खारेज गरिदिनु पर्ने महानगरको धारणा छ ।

सोमबार   पत्रकार सम्मेलनमा  काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘स्थानीय तहको समस्या स्थानीय तहले नै समाधान गर्छ ।

अब उपत्यका विकास प्राधिकरणको काम छैन, यसलाई खारेज गरिदिए हुन्छ ।’ उनले प्राधिकरण खारेज गर्नका लागि सरकारसँग प्रस्ताव गर्ने जानकारी पनि दिए ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणबीच भवन निर्माण मापदण्डको विषयमा विवाद हुँदै आएको छ ।

महानगरले जारी गरेको ‘भवन निर्माण मापदण्ड २०७५’ कमजोर भएको भन्दै प्राधिकरणले सच्याउन भनेको     छ । तर, महानगरपालिकाले आफ्नो मापदण्ड कमजोर नरहेको दाबी गर्दै क्षेत्राधिकारबाहिर नजान प्राधिकरणलाई सचेत गराएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com