मणिकर्णिकाको चौतर्फि प्रसंशा


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

कंगना रनावतको बलिउड फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ बक्स अफिसमा रिलिज भईसककोे छ । यो फिल्मलाई कंगनाको करियरकै उत्कृष्ट फिल्मको रुपमा लिइएको छ ।

मणिकर्णिकाले दर्शकहरुको राम्रो प्रतिक्रिया पाए सँगै समिक्षकबाट पनि तारिफ बटुलिरहेको छ । यो फिल्ममा प्रशंसकहरुले कंगनाको अभिनयको निकै तारिफ गरेका छन् ।

फिल्मले बक्स अफिसमा पनि राम्रो प्रर्दशन गरिरहेको छ । यो फिल्मले तेस्रो दिनमै भारु. ४२.५५ करोड जम्मा गरेको छ । पहिलो दिनमा भारु.८.७५ करोड, शनिबार भारु.१८.१० करोड र आइतबार भारु.१५.७० करोड व्यापार गरेको छ ।

यो फिल्म सय करोड बजेटमा निर्माण भएको फिल्म हो । पहिलो दिनमा भन्दा दोस्रो दिनमा फिल्मले राम्रो प्रर्दशन गरेको छ । तेस्रो दिनमा पनि बक्स अफिसमा राम्रो प्रर्दशन गरेको छ ।

आगामी दिनमा पनि राम्रो प्रर्दशन गर्नसक्ने भारतिय समिक्षकले बताएका छन् । यहि मितिमा नवाजुद्धीन सिद्धीको फिल्म ‘ठाकरे’ फिल्म लागेको छ । यो फिल्म पनि बक्स अफिसमा सफलताको साथ प्रर्दशन भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com