चीनद्वारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

sf7df8f}sf] sf]6]Zj/–snÍL rqmky ;8s v08 lkr ug]{ qmd k’/f eO;s]kl5sf] b[Zo . tl:j/ M lah’ dxh{g÷sflGtk’/

चीन सरकारले कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

आज एक समारोहबीच नेपालका लागि चिनियाँ राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेकी हुन् ।

चीनले ५ वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक विस्तार गरेको थियो । चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई हस्तान्तरण गरेको हो ।

चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडकको उद्घाटन गर्नुभयो । सडक हस्तान्तरण तथा उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीन सरकारप्रति आभार एवं धन्यवाद व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुवै छिमेकी देशहरुलाई विश्वासमा लिएर सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थकता दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सडकको विस्तारको सकिएसँगै यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com