गृहमन्त्री थापाद्वारा प्रहरी उपरीक्षक पोखरेलप्रति श्रद्धाञ्जलि


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बलराम पोखरेलप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

शनिबार बाराका प्रमुख जिल्ला अधिकारीसँगै चढेको गाडी दुर्घटनामा निधन हुनुभएका प्रहरी उपरीक्षक पोखरलको निवास सानोभ¥याङ पुगेर गृहमन्त्री थापाले श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो । गृहमन्त्री थापाले पोखरेलको निधनले कर्तव्यनिष्ठ, व्यावसायिक अधिकृत गुमाएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

यसैबीच आजै गृहमन्त्री थापाले दुर्घटनामा घाइते हुनुभएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समेत स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभएको छ । उहाँ आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी पुगेर उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।

गृहमन्त्री थापाले उपचारको खर्च सरकारले व्यहोर्ने भन्दै उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन समेत दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com