दीपिकाले गरिन थर परिवर्तन गर्न अस्विकार, यस्तो छ कारण


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

हिन्दू परम्परा अनुसार बिहेपछि थर परिवर्तन गर्ने चलन छ । सोनम कपूर र आनन्द अहुजा र प्रियंका चोपडा अनि निक जोनसले विवाह पछि थर परिवर्तन गरेका छन् । दीपिकाले कहिले नाम परिवर्तन गर्छिन् भन्ने कौतुहता रहेको छ ।

तर उनले आफ्नो थर परिवर्तन गर्न अस्विकार गरेकी छन् । एक कार्यक्रममा उनलाई दीपिका पादुकोण भनेर बोलाउने की दीपिका पादुकोण सिंह ? भन्ने प्रश्न गरिएको थियो । जवाफमा उनले भनिन्, ‘मैले आफनो नाम कमाउन र पहिचान बनाउनको लागि कडा मिहेनत गरेको छु । म किन नाम परिवर्तन गरौँ ? मैले रणवीरसँग कहिले पनि यसबारे कुरा गरेको छैन । हामीले यसबारे कहिले पनि सोचेका छैनौं ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com