संविधान संशोधन प्रस्ताव अघि बढाउन सरकार र मोर्चा सहमत


प्रकाशित मिति : पुस १६, २०७३ शनिबार

प्रधानमन्त्री र मधेसी मोर्चाको बैठकमा संविधान संशोधन प्रस्तावलाई नै अगाडी बढाउने सहमति भएको छ ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्रीर मधेसी मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन र स्थानिय तहको निर्वाचनको बिषयलाई संगै लैजानु पर्ने धारणा राख्नु भएको थियो । तर, मधेसी मोर्चाले संविधान संशोधन र निर्वाचन फरक विषय रहेको भन्दै संशोधनलाई पछि धकेल्न नहुने अडान राखेका थिए । मोर्चाको अडानपछि प्रधानमन्त्री र मोर्चाबीच संशोधन नै अगाडी बढाउने सहमति भएको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com