बिराटनगरबाट हराइरहेकी बालिका खोलामा मृत भेटीइन
प्रकाशित मिति : माघ १३, २०७५ आईतबार
शनिबार राति ८ बजेदेखि सम्पर्कविहीन भएकी गुडिया भनिने ११ वर्षीय एक बालिका मृत अवस्थामा भेटिएकी छन्। बालिका महानगरपालिका र कटहरट्ठ गाउँपालिकाको सीमामा पर्ने सिंगिया खोलामा मृत भेटिएकी हुन्।
विराटनगर महानगरपालिका वडा नम्बर ८ र कटहरी गाउँपालिका वडा नम्बर २ को सीमानामा रहेको सिंगिया खोलामा निवश्त्र अवस्थामा बालिकालाई हत्या गरेर फालिएको भेटिएको मोरङ प्रहरीका डिएसपी कृष्ण खड्काले जानकारी दिए।
उनका अनुसार बालिकाको अनुहारमा रगत बगेको छ। रुपमति शनिबार राति ८ बजे छिमेकीको घरमा टिभी हेर्न भनेर गएको आमा आमा मन्नीदेवी दासले बताइन्। तर उनी छिमेकीकहाँ टिभी हेर्न पुगिनन्।
स्थानीयको सहयोगमा परिवारले रातभर बालिकाको खोजबिन गरेका थिए। तर बिहान खोलामा माछा मार्ने क्रममा केही स्थानीयले पानीमा डुबिरहेको अवस्थामा रुपमतिको शव देखेपछि प्रहरी र गाउँलेहरूलाई खबर गरे।
बालिकाकी हजुरआमा सीता दासले शव पानीबाट बाहिर निकालेकी थीइन्। डिएसपी खड्का नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ।






