अष्ट्रेलियामा अनलाइन वेबसाइट ‘गमट्री’बाट सामान बेच्न खोज्दा लुटपाट, सचेत रहन प्रहरीको आग्रह


प्रकाशित मिति : माघ १३, २०७५ आईतबार

अष्ट्रेलियामा अनलाइन वेबसाइट ‘गमट्री’ मानिसहरुले सामान किनबेच गर्न सक्छन् । आफूले बेच्न चाहेको सामान बिक्रिको लागि गमट्रीमा राख्न सकिन्छ । त्यहींबाट किन्न चाहनेहरुले सम्पर्क गर्छन् ।

पर्थमा बस्ने २२ वर्षिया युवती एलेक्सले २९० डलर गुची बेल्ट बेच्नको लागि गमट्रीमा राखेकी थिइन् । उनले आफ्नो घरको ठेगाना नै राखिदिएकी थिइन् । त्यसपछि सम्पर्क गरेर दुई जना किशोर बेल्ट किन्नको लागि भन्दै उनको घर आए । तर, उनीहरुले केही मिनेटको कुराकानी पछि बेल्ट खोसेर लिए र गाडीमा बसे ।

एलेक्सले आफूलाई पैसाको अत्यन्तै आवश्यक भएकोले बेल्ट बेच्न राखेकी थिइन् । त्यसैले त्यो बेल्ट उनीहरुबाट खोस्नको लागि एलेक्स गाडीमा झुण्डीइन् । तर उनीहरुले रफ्तारमा गाडी चलाए । गाडीमा झुण्डीएकी एलेक्स गाडीसंगै घस्रीइन् । २५० मिटर पर पुगेपछि मात्र एक महिलाले देखिन् र उनको उद्धार भयो ।

यो घटनापछि प्रहरीले अनलाइन सपिङ्गसंग सम्बन्धित यस्ता घटनाहरु बढिरहेको बताएको छ । प्रहरीले यसबारे सचेत रहेर अनलाइन सपिङ्गमा आफ्नो घरको ठेगाना नदिन र घरको ठेगाना दिएतापनि घरको कम्पाउण्डबाट बाहिर आएर, अरुले पनि देख्न सक्ने ठाउँमा लेनदेन गर्न आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com