अष्ट्रेलियामा अनलाइन वेबसाइट ‘गमट्री’बाट सामान बेच्न खोज्दा लुटपाट, सचेत रहन प्रहरीको आग्रह


प्रकाशित मिति : १३ माघ २०७५, आइतबार

अष्ट्रेलियामा अनलाइन वेबसाइट ‘गमट्री’ मानिसहरुले सामान किनबेच गर्न सक्छन् । आफूले बेच्न चाहेको सामान बिक्रिको लागि गमट्रीमा राख्न सकिन्छ । त्यहींबाट किन्न चाहनेहरुले सम्पर्क गर्छन् ।

पर्थमा बस्ने २२ वर्षिया युवती एलेक्सले २९० डलर गुची बेल्ट बेच्नको लागि गमट्रीमा राखेकी थिइन् । उनले आफ्नो घरको ठेगाना नै राखिदिएकी थिइन् । त्यसपछि सम्पर्क गरेर दुई जना किशोर बेल्ट किन्नको लागि भन्दै उनको घर आए । तर, उनीहरुले केही मिनेटको कुराकानी पछि बेल्ट खोसेर लिए र गाडीमा बसे ।

एलेक्सले आफूलाई पैसाको अत्यन्तै आवश्यक भएकोले बेल्ट बेच्न राखेकी थिइन् । त्यसैले त्यो बेल्ट उनीहरुबाट खोस्नको लागि एलेक्स गाडीमा झुण्डीइन् । तर उनीहरुले रफ्तारमा गाडी चलाए । गाडीमा झुण्डीएकी एलेक्स गाडीसंगै घस्रीइन् । २५० मिटर पर पुगेपछि मात्र एक महिलाले देखिन् र उनको उद्धार भयो ।

यो घटनापछि प्रहरीले अनलाइन सपिङ्गसंग सम्बन्धित यस्ता घटनाहरु बढिरहेको बताएको छ । प्रहरीले यसबारे सचेत रहेर अनलाइन सपिङ्गमा आफ्नो घरको ठेगाना नदिन र घरको ठेगाना दिएतापनि घरको कम्पाउण्डबाट बाहिर आएर, अरुले पनि देख्न सक्ने ठाउँमा लेनदेन गर्न आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com