अष्ट्रेलियाको भिसा निवेदनमा लेखिएको जानकारीको क्रसचेक, प्लेन चढ्ने बेलामा भिसा रद्द


प्रकाशित मिति : माघ १३, २०७५ आईतबार

अष्ट्रेलियाको लागि प्लेन चढ्ने समयमा एक युवकको भिसा रद्द भएको छ । गत जनवरी १८ मा भारतका जितेन्द्र पटेल अष्ट्रेलियाको लागि प्लेन चढ्ने तयारिमा थिए । उनको नाम अनाउन्स भएपछि उनी सेक्युरिटी चेकको लागि लाइनमा बसे । तर चेकिङ्गमा उनको पालो नआउंदै उनलाई लाइनबाट हटाइयो ।

२५ वर्षीय पटेल मेलबर्नमा भिजिटर भिसामा आउंदै थिए । प्लेनमा चढ्ने समयमा लाइनबाट हटाएपछि उनले त्यहाँ कारण सोधे । त्यहाँका अधिकारिहरुले अष्ट्रेलियाबाट अधिकारीहरुले सम्पर्क गरेर उनलाई प्लेनमा बस्न नदिन भनेको बताए ।

पटेलका अनुसार, त्यसपछि पनि अनलाइनमा हेर्दा उनको भिसा रद्द भएको थिएन, तर अर्को दिन हेर्दा भिसा रद्ध भएको उल्लेख थियो ।

पटेलले आफ्नो भिसा निवेदनमा आफूले अहमदाबादमा काठको ढोका बनाउने व्यवसाय संचालन गरिरहेको उल्लेख गरेका थिए । अष्ट्रेलियाका अधिकारिहरुले उनले निवेदनमा उल्लेख गरेको प्रकृति वुडन इन्डस्ट्रिजमा सम्पर्क गरे । त्यहाँ अर्का युवकले पटेल त्यहाँको व्यवसायी रहेको र आफू उनको बिजनेस पार्टनर रहेको बताए । त्यसपछि अधिकारिहरुले ती युवकसंग पटेलको आम्दानी, तलब, बिदा समय, बिदा सम्बन्धि आदि कागजातको बारेमा सोधपुछ गरे । तर ती युवकले ती प्रश्नहरुको स्पष्ट जवाफ दिन सकेनन् । जसले गर्दा पटेलले झुटो विवरण दिएको शंकामा अष्ट्रेलियाले अन्तिम भिसा रद्द गरिदियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पटेलले भने व्यवसाय सक्रिय रुपमा आफूले संचालन गर्ने गरेको र आफ्नो पार्टनरले व्यवसाय नहेर्ने हुँदा उनलाई ती सबै कुरा जानकारी नभएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com