मुस्ताङमा अहिलेसम्मकै सबैभन्दा भारी हिमपात !


प्रकाशित मिति : माघ १३, २०७५ आईतबार

पर्यटकीय सौन्दर्यतालाई हरपल गिज्याइरहने मुस्ताङ हिजोदेखि भने सेताम्मे हिउँले मनमोहक देखिएको छ । शुक्रबारदेखी मुस्ताङमा भारी हिमपात भएपछि दैनिक जनजीवन नै प्रभावित बनेकाे छ ।

मुस्ताङ र म्याग्दीको सिमाना अन्तरगत अन्नपूर्ण गाउँपालिका -३ बादरजुङ भिर र थासाङ गाउँपालिका -४ घासादेखी परेको हिउँले यातायात नै ठप्प पारिदिएको छ । मुस्ताङको एक मात्रै विमानस्थल पुथान विमानस्थल पनि अवरुद्ध भएको छ ।

लगातार रूपमा आएको हिमपातले गर्दा अहिले मुस्ताङको सबै गाउँ-ठाउँ सेताम्मे बनेकाे छ । मनै चञ्चल बनाउने गरी स्थानीयहरू हिउँ खेलिरहेकाे छन् । करिब ९ वर्ष पछि परेको यो भारी हिमपातले मुस्ताङवासीलाई खुसी बनाएको छ । घासादेखी मार्फासम्म करिब १ फिट हिउँ जमेकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कागबेनी आसपासबाट लोमान्थाङ सम्मको करिब २/३ फिटसम्म हिउँ जमेकाे प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com