भैँसी सुन्दरी प्रतियोगितामा प्रथमलाई ‘भैँसी पुरस्कार’ !


प्रकाशित मिति : माघ १३, २०७५ आईतबार

विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाले आयोजना गरेको भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न ‘भैँसी सुन्दरी प्रतियोगिता’मा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको भैँसी तेस्रो भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीका अनुसार विजेता भएका भैँसी धनीलाई गाउँपालिकाले क्रमशः रु २५ हजार, १५ हजार र रु १० हजार नगद पुरस्कार दिनेछ । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रतियोगितामा प्रथम भएका भैँसी धनीलाई भैँसी नै पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रभित्रका करीब दुई सयभन्दा बढी भैँसीलाई सहभागिता गराइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com