प्रधानमन्त्री ओलीको स्वीट्जरल्याण्ड भ्रमण अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ तुल्याउन सफल


प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीको पाँच दिवसीय स्वीट्जरल्याण्ड भ्रमण देशको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ तुल्याउन सफल भएको छ । विश्व आर्थिक मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष प्राध्यापक क्लाउस स्वाबको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै डाभोस भएको मञ्चको ४९ औँ वार्षिक बैठकमा प्रधानमन्त्रीले नेपालको सामाजिक–आर्थिक विकास प्रयास र प्राथमिकता प्रस्तुत गरेर राष्ट्रको छवि उजिल्याउनुभयो ।

नेपालले हासिल गरेका प्रमुख राजनीतिक उपलब्धिबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउने अवसर मात्र प्राप्त भएन नीतिगत स्पष्टता र राजनीतिक स्थिरताले सामाजिक तथा आर्थिक विकासका लागि अनुकूल वातावरणको सुनिश्चितता गरेकाले निर्धक्क भएर लगानी गर्न उद्यमी व्यवसायीलाई सन्देश प्रवाह गर्न प्रधानमन्त्री ओलीको भ्रमण फलदायी रहेको मान्नुपर्छ ।

मञ्चको बैठकमा प्रधानमन्त्रीले दक्षिण एशिया प्रकृति, सभ्यता, संस्कृति र जनसाङ्खिक लाभांशको हिसाबले समृद्ध रहेको र अबको अनुकूल वातावरणमा आर्थिक विकासको प्रचुर सम्भावना रहेको यथार्थ विश्व समुदायलाई सुनाउँदै नेपालको विकास प्रयासमा क्षेत्रीय सहयोगको आवश्यकता र महत्व दर्शाएर व्यापार, लगानी र सम्पर्क सञ्जालको क्षेत्रमा गहिरो र व्यापक सहयोगका निम्ति पैरवी गर्नुले राष्ट्रिय हित प्रवद्र्धनमा टेवा पुगेको छ ।

लोकतन्त्रको सुदृढीकरण, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा जनताका अधिकारको सुनिश्चितता, सार्वभौमसत्ता सम्पन्न जनताको सुरक्षा र सम्मान, ‘प्रेस’ स्वतन्त्रतताको रक्षा, विधिको शासन प्रवद्र्धन, मानवअधिकारको संरक्षण, पारदर्शीता, जवाफदेहिता र सुशासनप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको सुष्पष्ट अभिव्यक्ति दिएर अन्तर्राष्ट्रिय समुदायका आशङ्का र जिज्ञासा मेट्न पनि भ्रमण सफल भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वातावरण संरक्षणमा नेपालको उच्च पर्वत तथा वनजङ्गलको योगदानबारे छलफल गर्नुका साथै वातावरण संरक्षण, जलवायु परिवर्तनका नकारात्मक असर, सामाजिक आर्थिक विकासका योजना तर्जुमा गर्दा मानव तथा पृथ्वीको भविष्यलाई केन्द्रमा राख्नुपर्ने विषयलाई प्रधानमन्त्री ओलीले जोडदाररुपमा उठाएर वातावरणीय सन्तुलन कायम गर्न तथा हरितगृह ग्यास उत्सर्जनमा कुनै भूमिका नभएको नेपालप्रति विकसित देशबाट सक्दो सहयोग हुनुपर्ने राष्ट्रिय माग मुखरित हुनुलाई सफल भ्रमण भन्नैपर्छ ।

विश्व आर्थिक मञ्चमा सहभागी हुन डाभोसमा एकत्रित हुनुभएका विश्वका राजनीतिक, आर्थिक र वाणिज्यसम्बन्धी नेताहरूलाई नेपालको विकास नीति, योजना तथा प्राथमिकताबारे अवगत गराउन भ्रमण फलदायी रह्योभने नेपालको राजनीतिक, सामाजिक, आर्थिक विकासमा वर्तमान सरकारका दृष्टिकोणलाई विश्व आर्थिक मञ्चजस्तो प्रभावशाली अन्तर्राष्ट्रिय मञ्चमा सुस्पष्ट ढङ्गले प्रस्तुत गर्ने अवसरको भरपूर उपयोग भयो ।

सङ्घीय गणतन्त्र जर्मनीको प्रख्यात टेलिभिजन ‘च्यानल’ डचेवेले र चिनियाँ टेलिभिजन सिजिटीएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीले आर्थिक वृद्धि र समृद्धिको लक्ष्य हासिल गर्न नेपाल सरकारका विकासका प्राथमिकता, नीति तथा कार्यक्रमबारे जानकारी गराएर नेपाल लगानीका निम्ति उपयुक्त गन्तव्य बनेको सन्देश प्रवाह गर्नुले आर्थिक उन्नयनको अबको हाम्रो यात्रामा अन्तर्राष्ट्रिय सहयोग जुटाउन मद्दत पुगेको छ । साथै नेपालको प्रचारप्रसार र बजारीकरणमा पनि भरथेग भएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलका सदस्य परराष्ट्र र अर्थमन्त्रीले मञ्चका अन्य समानान्तर बैठकमा परम्परागत वैदेशिक प्रत्यक्ष लगानीको ढाँचाले अब प्रभावकारी हुन नसक्ने र वित्तीय तथा जोखिम साझेदारी गर्ने नविनतम वित्तीयगरिब मुलुकहरूमा वित्तीय खाडल पूरा गर्न आवश्यक रहेको अभिव्यक्ति तथा दिगो विकास लक्ष्यलाई साझा दायित्वको रुपमा सन् २०३० मा हासिल गर्न पूर्वाधार विकास केन्द्रित वैदेशिक लगानीको अपरिहार्यतामा नेपालको अभिमत प्रकट हुनुलाई सकारात्मक मान्नुपर्छ ।

समूह–२० का नेता तथा प्रमुख व्यापारिक नेताहरूसँग विश्व व्यापारको विविध पक्षमा प्रधानमन्त्रीले गर्नुभएको छलफलले नेपालजस्तो अतिकम विकसित तथा भूपरिवेष्टित राष्ट्रको चासो र हितलाई प्रवद्र्धन एवं संरक्षणमा बल मिल्यो भने नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई पुनःजागृत गर्नुपर्नेमा जोड दिएर अल्पविकसित देशका विकासका चाहना अन्तर्राष्ट्रि जगत्मा प्रवाह गर्न सफलता प्राप्त भयो ।

नेपालको अद्वितीय शान्ति प्रक्रिया तथा नेपालले अवलम्बन गरेको सङ्घीय शासन प्रणाली तथा राष्ट्रिय विकासको दृष्टिकोण, नेपालको परराष्ट्र नीति, दक्षिण एशियामा क्षेत्रीय सहयोग र बहुपक्षीयतासम्बन्धी नेपालको अवधारणा विश्व समुदायसमक्ष प्रधानमन्त्रीको तहमा प्रस्तुत हुँदा नेपालको गौरव र गरिमा वृद्धिमा योगदान पुगेको छ । यसले नेपालप्रतिको विश्वसनीयता पनि वृद्धि गरेको छ । प्रधानमन्त्रीको यो भ्रमणबाट आगामी दिनमा नेपालमा लगानी भित्र्याउन, ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्न तथा नेपाल र स्वीट्जरल्याण्डबीचको सुमधुर सम्बन्धलाई अझ प्रवद्र्धन गर्न मद्दत पुगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com