युवा ज्योतिष हरीहर फिल्ममा !


प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

युवा ज्योतिष हरीहर अधिकारीले फिल्म ‘शुभ लभ’ खेलेका छन् । फिल्म खेलेसँगै हरिहर यतिबेला उनी एक प्रश्नले घेरिएका छन् । ज्योतिष ज्ञानले पोख्त मान्छे फिल्ममा किन ? सोमबार फिल्मको शिर्ष गीत रिलिज कार्यक्रमा पनि यही प्रश्न उठाइयो ।

यस प्रश्नको जवाफमा उनले भने, ‘युवा पुस्ताहरुले निरुत्साहित नगर्नु होला । किनकी युवा बेलामा तीन चार वटा प्रोफेसनमा अगाडी बढ्न सकिन्छ । रिक्स छ, समय छ, प्रविधि छ ।’

उनले थप्दै भने, ‘यदि तपाई कुनै कुरामा डराउनु भयो भने अड्किनु भयो भने दिमाग त्यहि रोकिन्छ । मानसिक रोकको सिकार हुने सम्भावना बढि हुन्छ । त्यसैले आफुले गर्न सके जति काम गर्दा केहि फरक पर्दैन ।’ साथै उनले फिल्ममा अभिनय गर्दा आफ्नो पेसामा असर नपर्ने बताए ।

हरिहरले फिल्ममा समेत ज्योतिषको भूमिका निभाएका छन् । पेसासँग मेलखाने फिल्म भएको हुदाँ दर्शकहरुले नकरात्मक रुपमा नलिने कुरामा ढुक्क छन् । उनलाई ‘ए मेरो हजुर २’ फिल्ममा लिड रोल अफर गरिएको थियो । उनले फिल्म छाडेपछि लिड रोलमा नवनायक सलिनमान बँनिया देखिए ।

उनले फिल्म छाडनुको कारण समेत खुलाए । उनले भने, ए मेरो हजुर २ लभ स्टोरी फिल्म हो । उहाँहरुले फिल्म गर भन्नु भएको थियो । मैंले परिवार र नजिकको इष्टमित्रसँग कुरा गर्दा यस्तो खाल्को फिल्म दुई तीन वटा फिल्म पछि फिट हुन्छ । पहिलो फिल्म पेसासँग मेलखाने गर्याे भने सजिलो हुन्छ भनेर सहमतिमै फिल्म छाडेको हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फिल्ममा दमदार लभ स्टोरी रहेको अधिकारीले बताए । उनले भने, ‘फिल्ममा भयानक लभ लाइफ छ । फिल्ममा जस्तो मेरो जिवनमा छैन । यो फिल्मले दुई घन्टा १५ मिनेट दर्शकलाई मनोरञ्जन दिन्छ ।’ शुभ लभको कथा अभिनेता अधिकारीले नै तयार पारेका हुन । यसै फिल्मबाट क्रिस्टिन पौडेल डेब्यु गर्दैछिन् । फिल्म चैत १५ गते देखि रिलिज हुँदैछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com