छाउगोठ भत्काउन धामीझाँक्री नै अग्रसर


प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

पाण्डसैन अगाउँपानका जय रोकाया मष्टा देवताका धामी हुन् । रोकायाले छाउ (महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे । महिनाबारी हुनु दैवी शक्तिको खेल हो, धामीझाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिललाई छुन हुँदैन भन्ने विश्वास रोकायासँग थियो ।

छाउ हुँदा महिलालाई घरमा सुताउनु धर्म विरोधी काम हो भन्ने मान्यता रोकायाको थियो । तिनै रोकाया अािहले छाउगोठ भत्काउन लाग्छन् भने स्थानीयले सोतेका पनि थिएनन् । आमासहित दुई छोराको छाउगोठमा मृत्यु भएपछि रोकाया आफै गोठ भत्काउन सक्रिय छन् ।

बुढीनन्द नगरपालिकाको छाउगोठ नभत्काउने  र  कुप्रथालाई मान्यता दिने परिवारलाई सबै प्रकारका सुविधाबाट वञ्चित गर्ने निणर्यलाई उनीहरुले सहज स्वीकार गरेका छन् ।

रोकायासँगै घटाल देवताका धामी हरिलाल रोकाया पनि छाउगोठ भत्काउन सक्रिय भएका छन्् । यो समाचार नागरिक दैनिकमा कृष्ण ओलीले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com