दालभात तरकारीको भिजिट भिसामा, हरिवंश आचार्य, निरुता सिंह (भिडियो)


प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

फिल्म ‘दालभात तरकारी’को ‘भिजिट भिसामा’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । हरिवंश आर्चायको शब्द रहेको गीतमा श्म्भुजित बाँस्कोटाले संगीत भरेका छन् । स्वर अन्जु पन्त र निशान भट्टराईको रहेको छ ।

गीतको भिडियोमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेलको नृत्य छ ।

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्म दाल भात तरकारी लाई सुदन केसीले निर्देशन गरेको हुन् । फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ ।

रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् । फिल्म वैशाख १३ गते देखि रिलिज हुँदैछ ।  कमेडि जनराको फिल्ममा निरुता सिंह र हरिवंश आर्चाय जोडीको रुपमा प्रस्तुत भएका छन् ।

उनीहरुको साथै फिल्ममा आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com