दालभात तरकारीको भिजिट भिसामा, हरिवंश आचार्य, निरुता सिंह (भिडियो)


प्रकाशित मिति : १२ माघ २०७५, शनिबार

फिल्म ‘दालभात तरकारी’को ‘भिजिट भिसामा’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । हरिवंश आर्चायको शब्द रहेको गीतमा श्म्भुजित बाँस्कोटाले संगीत भरेका छन् । स्वर अन्जु पन्त र निशान भट्टराईको रहेको छ ।

गीतको भिडियोमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेलको नृत्य छ ।

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्म दाल भात तरकारी लाई सुदन केसीले निर्देशन गरेको हुन् । फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ ।

रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् । फिल्म वैशाख १३ गते देखि रिलिज हुँदैछ ।  कमेडि जनराको फिल्ममा निरुता सिंह र हरिवंश आर्चाय जोडीको रुपमा प्रस्तुत भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुको साथै फिल्ममा आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com