एसाइलम आवेदन दिनेहरुलाई आजदेखि अदालती प्रकृयासम्म मेक्सिको पठाउन सुरु


प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार

अमेरिकी सरकारले मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिनेहरुलाई आजदेखि अदालती प्रकृयासम्मका लागि मेक्सिको पठाउन सुरु गरेको छ । एसाइलमका सन्दर्भमा ट्रम्प प्रशासनले ल्याएको सबैभन्दा ठूलो परिवर्तनका रुपमा हेरिएको उक्त नीति अन्तरगत अब उनीहरुले मेक्सिकोमा नै बसेर अदालती प्रकृया कुनुपर्नेछ ।

यस अगाडि त्यसरी अमेरिका प्रवेश गरेर एसाइलम खोज्नेहरुलाई ‘क्याच एण्ड रिलिज’को नीति अन्तरगत रिहा गरिन्थ्यो । उनीहरुले अमेरिकामा नै वर्क परमिट प्राप्त गरेर अदालती सुनुवाई सम्मका लागि काम गर्न समेत पाउथें । तर अब उनीहरुले मेक्सिकोमा बसेर मुद्दाको सुनुवाई कुर्नुपर्नेछ

शुक्रबार शान सिद्रो यिसिद्रो पोर्ट अफ इन्ट्रीमा आएर एसाइलमको आवेदन दिनेहरुलाई संघीय अध्यागमन अधिकारीहरुले प्रकृयामा लगेपछि मेक्सिकोतिरै फिर्ता पठाइएको छ । उनीहरुले सान डिएगोको अदालतमा सुनुवाईको मिति नआउँदासम्म मेक्सिकोमा नै बस्नुपर्ने जनाइएको छ । सुनुवाईको मिति आइसकेपछि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले सिमानादेखि अदालसम्म यातायातको प्रबन्ध गर्ने जनाइएको छ ।

गत महिना अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरीले नयाँ नीतिको घोषणा गरेकी थिइन् । यसरी अमेरिकाबाट फर्काइएकाहरुलाई मेक्सिकोले मानवीय भिसा प्रदान गर्नसक्नेछ । जस अन्तरगत उनीहरुले मेक्सिमोमा बसेर अदालती सुनुवाईको मिति कुर्न सक्नेछन् । तर उनीहरुले महिनौं र बर्षौसम्म कुनुपर्ने समेत हुनसक्छ ।

गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई उनीहरुको अध्यागमन प्रकृया जारी रहुन्जेल मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनको नीतिबिरुद्ध अदालत जाने आप्रवासी अधिकारकर्मीहरुले चेतावनी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com