सरकारले चिकित्सा शास्त्र विधेयक पास गरेको भन्दै तरुण दलको देश ठप्प बनाउने चेतावनी


प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार

नेपाली कांग्रेसको विरोध र घेराबन्दी तोड्दै सरकारले चिकित्सा शास्त्र विधेयक पास गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले देश ठप्प बनाउने चेतावनी दिएको छ ।

तरुण दलले शुक्रबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वृहत विरोध ¥याली पछि आयोजित सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग कार्कीले सरकारले कांग्रेसको विरोध र घेराबन्दीलाई तोड्दै शुक्रबार चिकित्सा शास्त्र विधेयक पास गरेकोमा आपत्ति जनाउदै शनिवारबाट सडक आन्दोलनलाई चर्काउने र देश ठप्प बनाउने चेतावनी दिएका हुन ।

चेतावनी संगै बस्नेतले निर्मला पन्त हत्यामा उच्चओदामा भएका ब्यक्तिको छोरा भएकाले पनि निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको भन्दै सरकारले हत्यारा पत्ता नलगाए आफुहरुले हत्याराको पर्दाफास गर्ने समेत चेतावनी दिए ।

सो अवसरमा वोल्दै नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य कृष्ण चन्द्र पोख्रेलले सरकारले नेपाली कांग्रेसका नेताहरुको नामको हस्पिटललाई सम्बोधन नदिएर नेपाली कांग्रेसको इतिहांसलाई मेटाउने काम गरेको भन्दै नेकपाका अध्यक्ष प्रचण्डलाई पनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले कास्कीको सिक्लेसबाट उठाएर सिंहदरवार छिराएको इतिहास नविर्सन आग्रह गरे । इतिहासलाई भुल्नेहरुले राजनितीको बारेमा नेपाली कांग्रेस संग सिक्न समेत पोख्रेलले कम्युनिष्टहरुलाई आग्रह गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले नेपाली कांग्रेसलाई सत्ता मोह भएको आरोप लगाउनु अत्यन्तै गलत भएको वताउदै नेपाली कांग्रेस विपक्षमा रहेतापनि सकारात्मक कामलाई संधै समर्थन गरिरहेको र पछिल्लो समय चुनावमा दिइएका आश्वसनहरु कम्युनिष्ट सरकारले पुरा गर्न तर्फ ध्यान दिन भन्दापनि भ्रष्ट्राचार र कमाउधन्दामा लागेकाले खवरदारी गर्न आफुहरु सडकमा आएको वताए ।

तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्रजंग शाहीले भ्रष्ट्राचारी रविन्द्र अधिकारीलाई कास्की आउदा विरोध गरी कालो कफन बांधेर अवरोध गर्न तरुण दलका युवाहरुलाई आग्रह गरेका थिएभने सभामुख कृष्ण बहादुर महराले नेपाली कांगेसका संसदलाई सदनमा वोल्ने समय नदिएर महराले जबरा शासन त्यो पनि कम्युनिष्ट शैली लाद्न खोजेको भन्दै त्यसको खवरदारी सहित सिंह दरबारबाट कम्युनिष्टहरुलाई सडकमा ल्याउनका लागी सातै प्रदेशमा बिरोधका कार्यक्रमहरु सञ्चालन गर्न आफुहरु बाध्य भएको वताए ।
पोखराको चिप्लेढुंगाबाट शुरु भएको बिरोध र्याली पोखराको न्युरोड, सभागृह चोक हुदै पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com