नयाँ शक्तिकाे चेतावनी : प्रतिगामी शक्तिलाई सहयोग गर्दा ‘न्याउरी मारी पछुतो’ होला


प्रकाशित मिति : पुस १५, २०७३ शुक्रबार

नयाँ शक्ति नेपाल पार्टीले नेपालका केही राजनीतिक दलका नेताहरु लोकतन्त्रको विकल्पमा राजतन्त्र ब्युताउने खेलमा लागेको आरोप लगाएको छ ।  तमु ल्होसारको उपलक्ष्यमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रतिगामी शक्तिलाई सहयोग गर्दा भोलि सबैलाई ‘न्याउरी मारी पछुतो’ हुने चेतावनी समेत दिएका छन् ।

विज्ञप्तिको पूर्ण पाठ :

संविधानसभाबाट नयाँ  संविधान जारी भएपछि देशको राजनीति जुन दिशा र गतिमा अघि बढ्नुप-थ्यो त्यसो हुन सकिराखेको छैन । मूलतः राज्य पुनःसंरचनाको काम द्रुत रुपमा अघि बढ्नु पर्दथ्यो । तर त्यसो हुनुको सट्टामा संविधानप्रति असन्तुष्ट रहेकाहरुलाई सहमतिमा ल्याउन समेत दलहरु असफल भएका छन् । संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नु पर्नेमा केही राजनीतिक दलका नेताहरु अझ पछि हट्न खोजिराखेका छन् । जसको फाइदा उठाउ“दै अलोकतान्त्रिक र प्रतिगामी शक्तिहरुले जनतामा भ्रम छर्न प्रयत्न गर्दैछन् ।

राजनीतिक अस्थीरता र दलहरुको असफलताले निराश बनाएको बेला जो–कसैले दल र राजनीतिलाई गाली गरिदियो भने क्षणिक आनन्द त हुन सक्ला तर त्यो समाधान होइन । लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन बरु अझ उन्नत लोकतन्त्र हो । संविधानमा रहेका अपूर्णतालाई पूरा गरेर अधिकतम स्वीकार्य बनाऔं, लोकतन्त्रलाई अझ उन्नत बनाऔं, वैकल्पिक राजनीति निर्माण गरौं । निराश भएर प्रतिगामी शक्तिलाई सहयोग गर्दा भोलि सबैलाई ‘न्याउरी मारी पछुतो’ हुन्छ । त्यसैले यसतर्फ सबैलाई सचेत गराउन चाहन्छौं । अर्कोतिर हिजोका आफ्नै प्रतिवद्धताबाट पछि हट्ने दुस्साहस कसैले पनि नगरौं । यसले कसैको क्षणिक स्वार्थ त पूरा गर्ला तर त्यो पनि कालान्तरमा ‘पिसाबको न्यानो’ सिद्ध हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब सबैभन्दा पहिले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधन मार्फत संविधानमा रहेको अपूर्णतालाई विगतका सहमति, सम्झौता र निर्मित आधारहरुका आधारमा तत्काल पूर्णता दिऔं । संविधानमा राज्य पुनःसंरचनाको एउटा मुख्य पाटो शासकीय स्वरुप पनि उही पुरानै असफल सिद्ध र अस्थीर राजनीतिको कारक संसदीय व्यवस्था नै कायम हुन पुगेको छ । आर्थिक विकास र समृद्धिको यात्राका लागि स्थीर सरकार हुनु अत्यावश्यक छ । राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र विविधताको सहभागिताका लागि पूर्ण समानुपातिक संसद् नै संसदीय व्यवस्थाको उत्तम विकल्प हो । यो पक्षलाई पनि स“गस“गै सच्याएर अघि बढौं । यसका लागि आवश्यक जनदवाव सिर्जना गर्न नयाँ  शक्ति पार्टी, नेपाल सबैलाई अपील गर्दछ ।

तपाईं–हामी धेरैले एकातिर देशको समृद्धिको परिकल्पना गरिरहेका छौं, अर्कोतिर त्यसका लागि उपयुक्त राजनीतिक शक्ति र संस्कार देखिराखेका छैनौं । एकातिर विश्वका अरु देशहरुमा भइरहेका राजनीतिक–सामाजिक परिवर्तन, वैज्ञानिक आविष्कार र आर्थिक तथा भौतिक विकासका बारेमा जानकार छौं, अर्कोतिर आफ्नो देशमा देशलाई त्यहा“ पु¥याउन सक्षमहरु भन्दा असक्षम, अपारदर्शी, जनताप्रति अनुत्तरदायी भ्रष्ट राजनीतिक शक्तिको हालिमुहाली भइरहेको देखिराखेका छौं । हामी जे भइरहेको छ त्यसप्रति विल्कुल असन्तुष्ट छौं तर कही कतैबाट चमत्कार भइदियोस भनेर पर्खाइमा बसेजस्तो देखिएका छौं । तर वास्तविकता त्यस्तो हु“दैन । जे भइरहेको छ त्यसप्रति असहमत र असन्तुष्ट भएर मात्रै हु“दैन त्यसको विकल्प सिर्जना गर्नुपर्छ । त्यसले मात्रै अवस्थामा गुणात्मक फेरबदल ल्याउन सक्छ । नया“ शक्ति पार्टी, नेपाल त्यही विकल्प सिर्जना गर्ने नवीनतम प्रयत्न हो । नया“ शक्तिको विकल्प झनै उन्नत नया“ शक्ति मात्र हुन सक्दछ, कुनै पुरानो शक्ति हैन । समय सिद्धिइसकेका पुराना औषधी झैं सबै हिसाबले पुराना र थोत्रा भइसकेका राजनीतिक शक्तिहरु अब किमार्थ विकल्प हुन सक्दैनन् । त्यसैले नया“ शक्ति पार्टी, नेपाल पुरानो राजनीतिको विकल्प चाहने सबैलाई कुनै कसैको भ्रममा नपरी नयाँ  वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ तीब्र रुपमा ध्रुवीकृत हुन आह्वान गर्दछ ।

अन्त्यमा, तमू ल्होसारको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना ।

––––––––––––––––––––––
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ  शक्ति पार्टी, नेपाल

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com