कृष्ण ओलीलाई हङकङबाट २५ लाख सहयोग हस्तान्तरण


प्रकाशित मिति : १० माघ २०७५, बिहिबार

२३ जनवरी २०१९, बुधवारका दिन विधुतीय हाइटेन्सन तारमा करेन्ट लागेर २ हात, १ खुट्टा र अर्को खुट्टा पनि धेरै मात्रामा काम नलाग्ने भएका रुकुमका कृष्ण ओलीलाई तात्तातो खबर अन लाईन मिडिया (भाग्य न्यौपाने ) र सिङ्गपुर पुलिस फोर्सका रिटायर्ड चिफ ईन्स्पेक्टर धीरज गुरुङको रोहबरमा भरखरै मात्र हङकङबाट संकलित रकम नेरु २५ लाख हस्तान्तरण गरेका छन। हङकङबासी सम्पूर्ण सहयोगी मनहरुलाई बिशेष धन्यवाद दिन चाहन्छु। यसैगरि हङकङ लगायत बिभिन्न देशहरुबाट मेरो अभियानमा जोडिनु भएका सहयोगी मनहरुलाई पनि धन्यवाद दिन चाहन्छु।

बिशेष गरेर मेरो यो अभियानको हरेक पल पलमा मलाई साथ सहयोग तथा हौसला र प्रोत्साहन दिनु हुने मेरो आदर्णिय दाई चेत बहादुर गुरुङलाई बिशेष धन्यवाद दिन चाहन्छु। यसैगरि हौसला र प्रोत्साहन दिनु हुने मेरो जेठान मन बहादुर गुरुङलाई पनि धन्यवाद दिन चाहन्छु।

आजभन्दा ५ बर्ष अगाडि स्थापित SUKUTI GROUP HONG KONG लाई पनि बिशेष धन्यवाद दिन चाहन्छु। जसले मेरो अभियानको कदर गर्दै बिश्वासको साथमा मेरै अभियान मार्फत नेरु ५० हजार हस्तान्तरण गर्नु भएको थियो र ब्यक्तिगत रुपमा नेपाली ३० हजार सहयोग गर्ने मेरो भाई मोहन (टिला) गुरुङलाई पनि साथ सहयोगको लागि धन्यवाद दिन चाहन्छु र अभियानको दौरानमा सहयोग संकलन गर्न सहयोग गर्नु हुने धेरै भन्दा धेरै सहयोगीहरुलाई पनि धन्यवाद भन्न चाहन्छु।

समग्रमा, यो अभियानमा साथ, सहयोग, समर्थन र बिश्वास गर्दै अभियानलाई सफल बनाई दिनु भएकोमा सम्पूर्ण हङकङबासी सहयोगी मनहरुलाई नमन ब्यक्त गर्न चाहन्छु। पक्कै पनि तपाईहरुको साथ, सहयोग बिना यतिका धेरै रकम संकलन हुने नै थिएन। जे होस हाम्रो हङकङबासीहरुको यो रकमले कृष्ण ओलीलाई कृत्रिम हात खुट्टा राख्नको लागि ठुलो मद्दत मिल्नेछ। अन्तमा, पुन: एक पटक हङकङबासी लगायत अभियानमा जोडिनु हुने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक नमन !

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com