‘टुपोलेभ टु–२२ एम ३’, सुपरसोनिक लडाकू विमान दुर्घटनाग्रस्त


प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार

‘टुपोलेभ टु–२२ एम ३’ नामक सुपरसोनिक बम्बर रुसको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । अवतरण गर्ने क्रममा उक्त लामो रेन्जको बम्बर दुर्घटनामा परेको रुसको राष्ट्रिय संचारले जनाएको हो । सो लडाकू विमानमा कमान्डर, को–पाइलट, नेभिगेटर र अपरेटर गरि चार अधिकारी सवार थिए जसमध्ये तीनजनाको मृत्यु भएको बताइएको छ ।

दुर्घटनाको प्रमुख कारणबारे पक्का प्रमाण फेला नपर्दा, खराब मौसमका कारण त्यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । टुपोलेभ टु–२२ एम३ लामो रेन्जको सुपरसोनिक लडाकू विमान हो जसलाई रुसमा पहिलोपटक १९८० को दशकमा सेवामा ल्याइएको थियो । जेन्स बाइ आइएचएस मार्किटका अनुसार सो विमान आणविक प्रहार गर्ने क्षमतायुक्त बम्बर हो र सामान्य हमला गर्न अनि जहाजी मिसनमा समेत काम गर्न सक्छ ।

राष्ट्रपति पुटिनले गत वर्ष मात्र रुसले नाटोका प्रतिरक्षात्मक प्रणालीलाई मात दिने नयाँ हतियार सार्वजानिक गर्ने घोषणा गरेका थिए । रुसका नयाँ हाइपरसोनिक मिसाइल प्रणालीका अगाडि जुनसुकै प्रतिरक्षात्मक हतियार पनि बेकार साबित हुने उनको दाबी थियो । गत डिसेम्बर २६ मा गरिएको मिसाइल परीक्षणपछि पनि फेरि पुटिनले अमेरिकाका अगाडि रुस असंवेदनशील रहेको ठहर गरेका हुन् ।

उनले भनेका थिए , ‘नयाँ किसिमको रणनीतिक हतियार प्राप्त गर्ने रुस पहिलो मुलुक हो जसले दशकौँसम्म राज्य र देशका जनताको सुरक्षा सुनिश्चित गर्नेछ । ’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी रुसद्वारा निर्माण गरिएको एभान्गार्ड हाइपरसोनिक प्रणाली दक्षिणपश्चिम स्थित डोमबारोभस्की सैन्य बेसबाट परीक्षण गरिएको थियो । दुर्घटनामा परेको टुपोलेभ मिसाइलले भने घटनाका क्रममा कुनै हतियार नबोकेको बताइएको छ । – सिएनएन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com